default_image

2 years ago

January 24, 2023

प्रशिक्षक केसी थ्री स्टार फर्किए

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल प्रशिक्षक मेघराज केसी पुनः थ्री स्टार क्लबमा फर्केका छन् । एक सिजन सातदोबाटो युवा क्लबमा बिताएका केसी सहिद स्मारक ए डिभिजन लिग सुरु हुन एक महिना भन्दा बढी समय रहँदा फेरि थ्री स्टारमा आबद्ध भएका हुन् ।

क्लबका अध्यक्ष अरुणमान जोशीसहित पदाधिकारीले मंगलबार केसीलाई क्लबमा स्वागत गरेका थिए । ४९ वर्षे केसी तेस्रो पटक थ्री स्टारको प्रशिक्षक नियुक्त भएका हुन् । पछिल्लो पटक चार वर्ष प्रशिक्षण सम्हालेपछि उनले २०७७ वैशाख १ गते थ्री स्टार छाडेका थिए । अघिल्लो सिजन उनको प्रशिक्षणमा तत्कालिन नवप्रवेशी टोली सातदोबाटोले सनसनीपूर्ण प्रदर्शन गर्दै अंक तालिकाको चौथो स्थानमा लिगको अन्त्य गरेको थियो । थ्री स्टार लिगमा तेस्रो भएको थियो ।

२०५५ सालमा एन्फा एकेडेमीमा प्रशिक्षकका रुपमा प्रशिक्षण सुरु गरेका केसीले राष्ट्रिय फुटबल टोलीमा ग्राहम रोबर्ट्स प्रशिक्षक छँदा सहायक प्रशिक्षक रहेर अनुभव बटुले । यू १४ र पछिल्लो पटक गतवर्ष उनले यू १९ टोलीको प्रशिक्षकको भूमिका पनि सम्हाले । एन्फामा रहँदा उनले तत्कालिन कोरियाल प्रशिक्षक योकी होङका लागि दोभाषेका रुपमा काम गरेका थिए ।

यसअघि उनले थ्री स्टार, सातदोबाटो बाहेकर जावलाखेल क्लब, फ्रेन्ड्स , मछिन्द्र, क्लब, हिमालयन शेर्पा र आर्मीलाई प्रशिक्षण दिएका । थ्री स्टार र आर्मीमा उनले नकआउट फुटबलका अधिकांश प्रतियोगिता जिते । ए डिभिजन सम्हाल्नुअघि उनले तत्कालिन नेकपा माओवादीको पिएलए टोलीलाई २ वर्ष प्रशिक्षण दिए । २०६५ मा पाँचौ राष्ट्रिय खेलकुदमा पिएलएले उनकै प्रशिक्षणमा खेलेको थियो ।

केसीसँग गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर पनि थ्री स्टार फर्केका छन् । उनी केसीसँगै सातदोबाटो गएका थिए । नकआउटमा सफल केसीले अहिले सम्म लिग उपाधि भने जित्न सकेका छैनन् । यसपटकको लिग फागुन १९ गते सुरु हुँदैछ ।

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.