10 years ago
September 18, 2015
काठमाडौं, असोज १ गते ।
आज भएको एफसी यु-१६ को छनोट चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तान यु-१६ लाई ४-२ ले हराउन सफल भएको छ । पहिलो हाल्फमा दुई गोलले पछी परेको नेपालले चारै गोल दोस्रो हाल्फमा गरेको हो । यो नतिजा ले नेपाल को एफसी फाईनल राउन्डमा छनोट हुने सम्भावना प्रबल बनाएको छ । भारतमा हुने एफसी फाईनल राउन्डमा सेमि-फाइनल प्रबेश गर्ने चार टोलिहरुले भारतमा हुने यु-१७ विश्व कप खेल्नेछ ।
जोर्डन बिरुद्धको जितसंगै उच्च मनोबलको साथमा मैदानमा उत्रिएको नेपालले सुरुवातमा आक्रामक फुटबल खेलेपनि पहिलो हाल्फको पछिल्लो समयमा घरेलु टिम खेलमा हाभी भयो |
किर्गिस्तानका सिगाइबेभ इमिरले खुल्ला अवसरमा पोष्ट भित्रबाट गरेको प्रहारलाई नेपालका गोलरक्षक अर्पण कार्कीले बचाउ गर्दै घरेलु टोलीलाई अग्रता लिन दिएनन् | आकर्षक प्रदर्शन गर्दै नेपाललाई खेलमा खेलमा राख्न थुप्रै बचाउ गरे तर खेलको ३१औ मिनेटमा उनको केहि सिप लागेन | पेनाल्टी बक्स बाहिर पाएको फ्रिककलाई बोरुबाइभ गुल्झिटले सोझै गोल गर्दै घरेलु टोलिले खेलमा अग्रता लियो |१ मिनेट पस्च्यात नेपालको चुनौती कठिन पार्दै सिगाइबाइभ इमिरले पेनाल्टीमा गोल गरे र पहिलो हाल्फमा नेपाल २-० ले पछी पर्यो |
२-० ले पछिपरेको नेपाल दोस्रो हाल्फ़मा ४ गोल फर्काउन सफल भयो | नेपालले दोस्रो हल्फमा उत्कृष्ट प्रदशन गर्दै स्टेडीयममा भएको ८ हजार घरेलु दर्शकलाई शान्त बनाउन सफल भयो । दोस्रो हाल्फको १३औं मिनटमा कप्तान मनिश कार्कीले गोल गर्दै २-१ बनाएका थिए, रेजिनले दिएको बललाई मनिशले पेनाल्टी लाईन बाट गोल गरेका थिए । बिचमा प्रतिद्वोन्दी केहि राम्रो खेले पनि रेजिनले ६९औं मिनटमा एकल प्रायसमा उत्कृष्ट गोल गर्दै खेल २-२ को बाराबारीमा लेराएका थिए । दिनेश हेन्जनले फेरी चार मिनट पछी लङ पासलाई गोलमा परिणत गर्दै ३-२ को आग्रता दिलाए । खेलको ८५औं मिनटमा अभिषेक रिजाललाई लडाए पश्चात किर्गिस्तानका कप्तान मेलिसबेकोभ अजमातले दाहोरो पहेलो कार्ड सँगैं रातो कार्ड पाएका थिए र बिपक्षी १० जनामा सिमित भएको थियो । ९०+१ मिनटमा दिनेश हेन्जनको गोल गर्दै स्कोर ४-२ बनाए ।
नेपालले समुह चरणको अन्तिम खेल ओमान सँग खेल्नेछ ।
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]