2 years ago
January 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल नव प्रवेशी खुमलटार युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुने भएको छ ।
दशरथ रंगशालामा फागुन १९ गते सुरु हुने लिगको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगका लागि शुक्रबार खेल तालिका सार्वजनिक गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटो शुक्रबार पहिलो पाँच चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।
डबल लिग हुने भएकाले कुल १ सय ८२ खेल हुनेछन् । सबै क्लबले लिगमा एकअर्कासँग होम र अवेका आधारमा दुई पटक खेल्नेछन् । प्रत्येक क्लबले लिगभर २६ खेल खेल्नेछन् । लिगको तयारीका खर्चमध्ये १५ लाख रुपैयाँ सहभागी १४ ए डिभिजन क्लबले बुझिसकेका छन् । यसपटक ३२ लाख ५० हजार रुपैयाँ हरेक क्लबले तयारी वापत पाउनेछन् । लिगका लागि सबै क्लबले दर्ता पनि गरिसकेका छन् ।
लिगका लागि माघको २९ गते सम्म कम्तीमा २० खेलाडी दर्ता गरिसक्नुपर्ने एन्फाले यसअघि नै सुचना जारी गरेको थियो ।
दशरथ रंगशालामा सुरु हुने लिगका लागि एन्फाले भिआइपी प्यारापिटतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय रुपैयाँ टिकटको मुल्य यसअघि नै तोकिसकेको छ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]