default_image

2 years ago

January 20, 2023

पिएसजीविरुद्ध रोनाल्डो बने म्यान अफ द म्याच

175 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध विहीबार भएको मैत्रीपूर्ण खेलमा म्यान अफ द म्याच चुनिए । रियाद सिजन टोलीको कप्तानी गरिरहेका रोनाल्डोले खेलमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पिएसजीले आफ्नो बलियो टोली उतार्दै लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा खेलाएको थियो । रोनाल्डोसँगै मेस्सी, नेयमार र एमबाप्पे ६० मिनेटमा परिवर्तन भएका थिए । पिएसजीले १० खेलाडीमा सिमित भएपनि ५-४ को जित हासिल गरेको थियो ।

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।

खेलको तेस्रो मिनेटमै लिओनेल मेस्सीले पिएसजीलाई अग्रता दिलाए । रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केहि मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भएको थियो । कम खेलाडीको बाबजुद पिएसजीले अग्रता लिएको थियो । इन्ज्युरी समयमा नेयमार पेनाल्टीमा चुक्दा अर्कोतर्फ रोनाल्डोले गोल फर्काउँदै पहिलो हाफमा खेल बराबरीमा राखे ।

दोस्रो हाफको सुरुवातमा नै पिएसजीले सर्जियो रामोसको गोलमा अग्रता लियो । तर दुई मिनेटमा नै जाङ ह्युन सुले हेडरमार्फत गोल गर्दै खेल पुन: बराबरी गरे । तर बराबरी भएको दुई मिनेटपछि नै पिएसजीका लागि एमबाप्पेले पेनाल्टीमार्फत अग्रता दिलाए । स्टार खेलाडीहरु विश्राममा गएपछि मैदान छिरेका युवा फरवार्ड ह्युगो एकिटिकेले पिएसजीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा रियादले गोल गरेपनि खेलमा फर्कन निकै ढिलो भइसकेको थियो ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएको पिएसजीका लागि मेस्सीले तेस्रो मिनेटमा गोल गरे । उनले नेयमारले दिएको चिप पासलाई गोलमा परिणत गरे । मेस्सीले पेनाल्टी क्षेत्र भित्र गोलरक्षक र डिफेन्सले पछ्याएको अवस्थामा दुई विपक्षीको बीचबाट बललाई पोस्टको दिशा दिएका थिए । लगत्तै पाँचौ मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहार गोलरक्षक केलर नाभासले जोगाए ।

खेलको ३४ औं मिनेटमा रोनाल्डोले साउदी टोलीलाई पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काए । गोलरक्षक केलर नाभास क्रसमा बल रोक्ने क्रममा रोनाल्डोको मुखमा जुधेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे ।

३९ औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो । जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड दिए । तर त्यसले पिएसजीलाई अग्रता लिनबाट रोक्न । कप्तान मार्किन्हसले ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । उनले किलियन एमबाप्पेको पासलाई सदुपयोग गरे ।

इन्ज्युरी समयमा नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए । तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाए । अर्कोतर्फ केहि मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काए । रोनाल्डोको सुरुवाती हेडर पोस्टमा लागेर फर्केपछि सर्जियो रामोसले राम्रो क्लिअरेन्स गर्न नसक्दा रिबाउन्डमा पोर्चुगिज फरवार्ड चुकेनन् ।

खेलको ५४ औं मिनेटमा पिएसजीले खेलमा तेस्रो पटक अग्रता लियो । एमबाप्पेको कटब्याकलाई रामोसले पहिलो टचमा नै गोल गरे । ६ यार्ड बक्सभित्र अनमार्क रहेका रामोसको प्रहार गोलरक्षक अलओवाइसले बचाउन सकेनन् । तर दुई मिनेटमै रियादले बराबरी गोल फर्कायो । जाङ ह्युन सुले कर्नरमा आएको बललाई हेडरमार्फत पोस्टको दिशा दिँदै खेल ३-३ को स्थितिमा ल्याए ।

५९ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । पेनाल्टी क्षेत्रभित्र मेस्सीको प्रहार अल बुलाहीले रोकेपछि रेफ्रीले पेनाल्टी दिए । किलीयन एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गर्दै पिएसजीलाई अघि बढाए । गोल खाएलगत्तै खेलको ६० औं मिनेटमा रोनाल्डोलाई परिवर्तन गरिएको थियो । पिएसजीले पनि त्यसबेला नै मेस्सी, एमबाप्पे र नेयमारलाई विश्राम दिएको थियो ।

७८ औं मिनेटमा पिएसजीले अग्रता दोब्बर पार्यो । ह्युगो एकिटिकेले काउन्टर अट्याकमा आएको बललाई अघि बढाउँदै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे । इन्ज्युरी समयको अन्त्यमा एन्डरसन तालिस्काले गोल गरेपनि खेलमा पिएसजी जित हासिल गर्न सफल भयो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.