2 years ago
January 20, 2023
एजेन्सी – बार्सिलोना सहज जितका साथ कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो श्रेणीको केउटालाई ५–० ले हराउँदै बार्सिलोनाले सजिलो जित निकालेको हो । रोबोर्टो लेवान्डोस्कीले २ गोल गरेको खेलमा राफिनाको गोलबाट बार्सिलोनाले ४१ औं मिनेटमा अग्रता बनाएको थियो ।
लेवान्डोस्कीले ५० औं मिनेटमा गोल गर्दा बार्सिलोना २–० ले अघि बढ्यो । आन्सु फातीले ७० औं मिनेटमा गोल थपे । उनले एकल प्रयासमा गोल गरेका थिए । त्यसको सात मिनेटपछि मिडफिल्डर फ्रान्क केस्सीले शक्तिशाली हेडरमार्फत गोल गर्दा टोली ४–० ले अगाडि लाग्यो । लेवान्डोस्कीले खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनको जित सहज रह्यो ।
अर्को खेलमा रियल म्याड्रिडले उत्कृष्ट पूनरागमत जित निकाल्ने क्रममा भिल्लारियललाई ३–२ ले हराएको छ । पहिलो हाफमै २–० पछि परेको रियलले दोस्रो हाफमा पूनरागमनका साथ जित निकालेको थियो । रियल पनि कोपा डेल रेको अन्तिम आठमा पुगेको छ । भिल्लारियलका लागि इटिनी कापोयु र सामुयल चुकोएजेले गोल गरे । रियलका लागि भिनिसियस जुनियर, इडर मिलिटो र डानी केबालोसले गोल गरेका थिए ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]