default_image

2 years ago

January 20, 2023

टोटेनहममाथि सिटीको रोमान्चक जित

146 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत विहीबार राती म्यानचेस्टर सिटीले टोटेनहम हट्सपरमाथि रोमान्चक जित दर्ता गरेको छ । पहिलो हाफमा २-० ले पछि परेको सिटी उत्कृष्ट पुनरागमन गर्दै ४-२ ले विजयी भयो ।

इतिहाद रंगशालामा पहिलो हाफको अन्त्यतिर टोटेनहमले लगातार दुई गोलका साथ अग्रता लिएको थियो । ४४ अ‍ौं मिनेटमा डेजान कुलुसेभ्सकीले पेनाल्टी क्षेत्र भित्र कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरे । लगत्तै इन्ज्युरी समयमा एक्सन रोयलले रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरे ।

दोस्रो हाफको सुरुवातमै सिटीले लगातार दुई गोलका साथ खेल बराबरीमा ल्यायो ‌‌। ५१ अ‍ौें मिनेटमा जुलियन अल्भारेजले पेनाल्टी क्षेत्र भित्र भिडभाडमा गोल गरे । लगत्तै एर्लिङ हालान्डले हेडरमार्फत बराबरी गोल फर्काए ।

रियाद माहरेजले ६३ अ‍ौं मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाए । उनले रोड्रीको पासमा पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरे । खेलको अन्तिम मिनेटमा डिफेन्सको गल्तीमा माहरेजले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग ५ अंकको दुरी कायम गरेको छ । आर्सनलको १८ खेलमा ४७ अंक तथा सिटीको १९ खेलमा ४२ अंक छ । टोटेनहम २० खेलमा ३३ अंकसहित पाँचौ स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.