2 years ago
January 18, 2023
काठमाडौं (हाम्रो खेलकुद)– फुटबल खेलाडी विदेशीने क्रममा अरु दुई खेलाडी पनि थपिएका छन् । राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका रन्जन विष्ट र नितिन थापा बुधबार अस्ट्रेलियाका लागि उडेका छन् ।
पछिल्लो पटक रन्जनले एनआरटी र नितिनले मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टका दाई रन्जन नेपालले सन् २०१६ मा मलेसियाले एएफसी सोलिडारिटी कप जित्दा टोलीको सदस्य थिए ।
नितिनलाई पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोलीमा डेब्यू गराएका थिए । नितिन तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा नेपालले स्वर्ण पदक जित्दा टोलीमा थिए ।
अस्ट्रेलियामा रहेको बेनी फुटबल क्लबको निमन्त्रणमा आफहरु अस्ट्रेलिया जान लागेको रन्जनले जानकारी दिए ।
उनीहरुले बेनीबाट २४ औं जिएनसी प्रिमियर लिग, १२ औं कडेल कन्स्लटेन्सी कप २०२३ र तेस्रो गिरिस च्याम्पियनसिप खेल्नेछन् । गत नोभेम्बरबाट सुरु भएको जिएनसी प्रिमियर लिग २६ मार्च २०२३ मा सम्पन्न हुने बताइएको छ । त्यस्तै कडेल कन्स्लटेन्सी कप मार्च १२ र १३ तथा गिरिस च्याम्पियनसिप अप्रिल ८ र ९ मा हुनेछ ।
रन्जनका अनुसार बेनीबाट सुमन अर्याल, हेमन गुरुङ, अमृत चौधरी, सुसन लामालगायतका नेपाली खेलाडी रहेका छन् ।पछिल्लो तीन वर्षमा झण्डै ३० व्यवसायिक फुटबल खेलाडी अस्ट्रेलिया पुगिसकेका छन् ।
दुई दिन अघि तेज तामाङ, गौतम श्रेष्ठ, दीनेश राजवंशी अस्ट्रेलिया गएका थिए । तीनै खेलाडीले कात्तिक ३० गते दशरथ रंगशालामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेलेका छन् । अन्जनको गोलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]