default_image

2 years ago

January 17, 2023

आइ लिगमा किरण सम्मिलित टोलीको हार

112 views

0 Bookmark

एजेन्सी – राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मिलित राउन्ड ग्लास पन्जाब मंगलबार आइ लिगमा पराजित भएको छ । पन्जाब श्रीनिदी डेक्कनसँग ४–० ले पराजित भएको छ । किरणले पूरा समय पन्जाबको गोलपोष्ट सम्हाल्नेका थिए ।

सहबाज खानले १२ औं मिनेटमा श्रीनिदीका लागि पहिलो गोल गरेका थिए । डेभिड कास्टानेडा मोनोजले २ गोल गरे्को खेलमा दिनेश सिंहले ६२ औं मिनेटमा गोल गरेका थिए । मुनोजले ३० औं र ८८ औं मिनेटमा गोल गरेका थिए ।

पन्जाबलाई हराउँदै श्रीनिदी आइ लिग अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । पन्जाब भने दोस्रो स्थानमा झरेको छ । १२ खेलमा श्रीनिदीको २५ अंक छ । एक खेल कम खेलेको पन्जाबको २३ अंक छ ।

११ खेलमा पन्जाबले ७ खेलमा जित २ मा बराबर र २ मा हार बेहोरेको छ । श्रीनिदीकाले १२ खेलमा ८ जित, १ बराबर र ३ खेलमा हार बेहोरेका छ । आइ लिगमा १२ टोलीको सहभागिता रहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.