default_image

8 years ago

December 28, 2016

एपिएफ फुटबलको फाइनलमा, आर्मी र मध्यमाञ्चलको टाइब्रेकर बाँकी

110 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– विभागिय डर्बीमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । अर्को फाइनल पुग्ने टोलीको भने बिहीबारमात्र टुंगो लाग्ने भएको छ ।

नेपाली सेनाको आर्मी र मध्यमाञ्चलबिच टाइब्रेकर साँझ परेका कारण हुन नसकेपछि फाइनल पुग्ने टोलीको छिनोफानो बिहीबार बिहान मात्र हुने भएको छ । निर्धारित र थप समय दुवैतर्फ कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । अब बिहीबार दुई टोलीबीच पेनाल्टी सुटआउट हुनेछ । त्यसमा पराजित हुने टोलीले बिहीबार दिउँसो नै पुलिससँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।एपिएफले यसअघि नै महिला फुटबलको उपाधि जितिसकेको छ ।

महिलाको फाइनल एपिएफले पुलिसलाई नै हराएको थियो । फुटबलमा दोहोरो सफलता प्राप्त गर्नेतर्फ अघि बढेको एपिएफका जित दिलाउन धरानस्थित एन्फा टेक्निकल सेन्टरमा थप समयमा युवराज खड्काले र नविन लामाले गोल गरेका थिए । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । रामकुमारको पासमा युवराजले थप समयको १० औं मिनेटमा गोल गरेका थिए । थपसमय २९ औं मिनेटमा नविनले पनि रामकुमारकै पासमा गोल गरेका थिए ।

निर्धारित समयमा दुवै टोलीले गोलका केही मौका खेर फालेका थिए । फुटबल फाइनल सातौं राष्ट्रिय खेलकुदको समापनको दिन शुक्रबार हुनेछ ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.