default_image

2 years ago

January 14, 2023

बायर्न र साल्जवर्गको रोमाञ्चक बराबरी

114 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख र अष्ट्रियन क्लब आरबी साल्जवर्गले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । जर्मन महारथी बायर्न र अष्ट्रियाको बलियो टोली साल्जवर्गले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

म्युनिखमा शुक्रबार राति भएको खेलमा बार्यनले सुरुवाती अग्रता लिएपनि एक समय ३–१ ले पछि परेको थियो । तर, बार्यनले ३ मिनेटको अन्तरमा २ गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएका थिए । अन्तिम समयमा दुवै टोलीबाट समान एक गोल भएपछि खेल ४–४ गोलको बराबरीमा टुंगियो ।

बार्यनले खेलको नवौं मिनेटमा लिरोए सानेको गोलबाट अग्रता लिएको थियो । १७औं मिनेटमा साल्जवर्गका सेकोउ कोइटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफमा साल्जवर्गले ३ मिनेटमा २ गोल गरेर खेलमा ३–१ को अग्रता बनाएको थियो ।

५१औं मिनेटमा करिम कोनाटे र ५४औं मिनेटमा नोहा ओकाफरले गोल गरेर बार्यनलाई ३–१ ले पछि पारेको थियो । ६९औं मिनेटमा अर्जोन इब्राहिमोभिचले तथा त्यसको दुई मिनेटपछि किङ्सले कोमानले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

८८औं मिनेटमा माथिस टेलले गोल गर्दै बायर्नलाई खेलमा ४–३ ले अघि बढाए । तर, गोल खाएको अर्को मिनेटमा नोहा ओकाफरले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै खेललाई ४–४ गोलको बराबरीमा ल्याए ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.