default_image

2 years ago

January 13, 2023

ए डिभिजन लिगका लागि टिकट दर तोकियो

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगका लागि टिकटको मुल्य तोकेको छ ।

फागुन १९ गतेबाट दशरथ रंगशालामा सुरु हुने ए डिभिजन लिगका लागि भिआइपी प्यारापिटतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय रुपैयाँ टिकटको मुल्य तोकेको हो ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा शुक्रबार बसकेको कार्यसमितिको आकस्मिक बैठकले फागुन १९ गतेदेखि ए डिभिजन लिग र चैत १५ गते देखि सहिद स्मारक बी डिभिजन लिग सुरु गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

अध्यक्ष नेम्बाङको संयोजकत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरु सदस्य रहने गरि लिग सञ्चालन समिति गठन गरेको छ । यसअघि एन्फाले अलग्गै लिग समिति बनाएर लिग सञ्चालन गरेको थियो ।

बैठकले विभन्न ८ एजेन्डामा निर्णय गर्ने क्रममा ए डिभिजन लिगको टिकेटिङ अधिकारको लागि न्युनतम १ करोड ५० लाखको टेन्डर आव्हान गर्ने निर्णय गरेको छ । त्यस्तै मुख्य प्रायोजक बाहेक कर्मसियल र मार्केटिङ अधिकारको लागि न्युनतम १ करोड ५० लाख रुपैयाँको तोकेर टेन्डर आह्वान गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै सहिद स्मारक ए, बी र सी डिभिजन लिगका ब्रोडकास्टिङ अधिकारको लागि न्युनतम ६० लाख रुपैयाँको तोकेर टेन्डर आह्वान गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले शुक्रबार जारी गरेको विजप्तीमा उल्लेख छ ।

ए, बी र सी लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामाग्रीको लागि टेन्डर आह्वान गर्न एन्फा सचिवालयलाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै ए, बी र सी लिगका लागि तीन सदस्यीय इन्ट्रगिटी समितिको गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुने

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

Success

Thank you for your time.