2 years ago
January 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया क्षेत्रकाे छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ ।
एसियाली फुटबलको सर्वाेच्च निकाय एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘सी’ मा परेको हो ।
नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ । छनोटको समूह ‘ए’ मा उज्वेकिस्तान, जोर्डन, टिमोर लिस्टे र भुटान रहेका छन् । समूह ‘बी’ मा म्यानमार, इरान, बंगलादेश र माल्दिभ्स रहेका छन् । समूह ‘डी’ मा थाइल्यान्ड, मंगोलिया, सिंगापुर र श्रीलंका परेको छ ।
यस्तै समूह ‘ई’ मा फिलिपिन्स, हङकङ, ताजिकिस्तान र पाकिस्तान, समूह ‘एफ’ मा चाइनिज ताइपेई, इन्डोनेसिया र लेवनान र समूह ‘जी’ मा भारत, किर्गिस्तान र तुर्केमिनिस्तान रहेका छन् ।
पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ । पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् ।
यसअघि नेपालले टोकियो ओलम्पिक २०२० को छनोटमा दोस्रो चरणमा प्रवेश गरेको थियो । जुन नेपाली महिला फुटबलले पाएको सबैभन्दा ठुलो सफलता थियो । पहिलो चरणमा नेपालले म्यानमार, भारत र बंगलादेशसँग बराबरी खेल्दै उत्कृष्ट तेस्रो टोलीको रुपमा दोस्रो चरण पुग्न सफल भएको थियो ।
तर दोस्रो चरणमा नेपाल समूहमा तेस्रो भयो । दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई मात्रै पराजित गर्दा म्यानमार र भारतसँग पराजित भएर समुह ‘ए’ मा तेस्रो स्थानमा रहेको थियो ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा नेपाल र लेबनान बीचको खेल जारी छ। पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। नेपालको लागि स्टार स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ ले गोल गरिन्। दशरथ रंगशालामा जारी खेलमा नेपालले लेबनानलाई दबाबमा राख्दै अग्रता बनाएको हो। नवौं मिनेटमा लेबनानको प्रयास सफल भएन। नेपालको डिफेन्सिभ ल्याकमा क्रिस्टी […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- म्यानमारले लगातार दोस्रो जित निकाल्दै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्यान्पियनसिपको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। दशरथ रंगशालामा बिहीवारको पहिलो खेलमा म्यानमारको कीर्गिस्तानलाई ५-० ले हराउँदै फाइनल पुग्ने सम्भावना मजबुत पारेको हो । एकपक्षिय खेलमा म्यानमारको जितमा मे टेट लु र योन वाडी लेङले समान २ र सानदार लिनले १ […]