2 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – यसपालीको विराट गोल्डकप चैत पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म हुने जनाएको छ ।
यसपालीको विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर महनगरपलिकाका प्रमुख नागेश कोइराला रहेका छन् । विराट गोल्डकप ट्रष्टले गोल्डकप खेल मात्र नभई सहरका लागि पर्व पनि हुने बताएको छ ।
यस वर्ष अन्तर्राष्ट्रिय टिमसहितको कुल ८ वटा टिमको सहभागिता आयोजकले जनाएको छ । आयोजकले पुरस्कार राशि वृद्धि गरिने जनाएपनि खुलाएको छैन ।
सहिद रंगशालामा हुने गोल्डकपकाे प्रत्येक खेल रात्रि कालिन समयमा हुनेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]