default_image

1 year ago

January 9, 2023

दुई गोलको अग्रता जोगाउन नसक्दा मिलान रोकियो

124 views

0 Bookmark

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा रोमासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

मिलानका पिएरे कालुलु र टोम्मासो पोवेगाले गोल गर्दा रोमाका रोजर इवानेज र ट्याम्मी अब्राहमले बराबरी गोल फर्काए । मिलानोमा आइबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा पिएरे कालुलुले गोल गर्दै मिलानलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले सान्द्रो टोनालीको पासमा गोल फर्काए ।

७७औं मिनेटमा टोम्मासो पोवेगाले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । उनले राफायल लियोको पासमा गोल गर्न सफल भएका थिए ।

८७औं मिनेटमा रोजर इवानेजले गोल गर्दै रोमालाई २–१ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए । उनले लोरेन्जो पेलिग्रेनीको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ट्याम्मी अब्राहमले गोल गर्दै मिलानको जित बञ्चित गराएर आफ्नो टोलीलाई अंक दिलाए ।

यस बराबरीसँगै मिलान १७ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । रोमा ३१ अंक जोडेर छैटौं स्थानमा छ ।

यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा सालेरनिटाना र टोरिनोले १–१, लाजियो र इम्पोलीले २–२ र स्पेजिया र लिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

Success

Thank you for your time.