default_image

2 years ago

January 9, 2023

बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई हरायो

239 views

0 Bookmark

एजेन्सी – एट्लेटिको म्याड्रिडमाथि झिनो जित निकाल्दै शीर्षस्थानमा रहेकाे क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ३ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।

बार्सिलोनाले घरेलु टोली एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको हो ।

वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा औसमाने डेम्वेलेले गरेको गोल नै निर्णायक बन्यो । उनले २२औं मिनेटमा पाब्लो गाभीको पासमा गोल गर्न सफल भएका थिए ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलका दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि त्यसपछ थप गोल निस्कन नसक्दा डेम्वेलेको पहिलो हाफको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको १६ खेलबाट ४१ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३८ अंक छ । शनिबार रात भिल्ला रियलसँगको हारपछि रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको थियो । पराजित एट्लेटिको म्याड्रिड २७ अंक जोडेर पाँचौं स्थानमा छ ।

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

September 28, 2024

नेपाल सेमिफाइनलमा भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पराजित भएको छ। भारतसँग ४-२ को हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। भारतफाइनल पुगेको छ।‌ थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा भारतले पकड बनायो। विशाल यादवले आठ मिनेटभित्र दुई गर्दै भारतलाई सहज स्थितिमा पुर्याए। ६१औं मिनेटमा गोलको खाता खोलेका […]

Success

Thank you for your time.