default_image

2 years ago

January 7, 2023

नितिनसहित चार खेलाडी खुमलटारमा अनुबन्धित

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर नितिन थापासहित चार खेलाडी ‘ए’ डिभिजनको नव प्रवेशी खुमलटार फुटबल क्लबमा अनुबन्धित भएका छन् ।

खुमलटारले मिडफिल्डर नितिनसहित अर्का मिडफिल्डर मनिष थापा, फरवार्ड राजीव लोप्चन र डिफेन्डर एन्जल गुरुङलाई क्लबमा अनुबन्ध गरेको जनाएको छ ।

नितिन मनाङ मर्स्याङ्दी क्लब छाडेर खुमलटार आएका हुन् । मनिष र एन्जल गुरुङले हिमालयन शेर्पा क्लब तथा राजीव च्यासलबाट खुमलटार पुगेका हुन् । च्यासल गत सिजन रेलिगेसनमा परेको टोली हो । खुमलटार गत सिजन ‘बी’ डिभिजनमा दोस्रो भएर शीर्ष डिभिजनमा उक्लिएको टोली हो ।

यसपालीको ‘ए’ डिभिजन लिग फागुन १९ बाट हुने तय भएको छ । माघ २ गते खेला तालिका सार्वजनिक गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

September 24, 2024

महिला लिगमा संकटामाथि बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – संकटा क्लबलाई हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । आफ्नो आठौं खेलमा तेस्रो जित निकाल्नेक्रममा बागमतीले मंगलवार संकटामाथि ३-१ को जित हासिल गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा बागमतीलाई जित दिलाउन गिफ्टी अचालिगंपोगले २ तथा पुष्पा कुमारी खड्काले १ गोल […]

September 24, 2024

पुलिस चितवन गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा पुलिसले मंगलवार बिएफसीलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै पुलिस सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यस अघि निर्धारित समयको खेल २-२ को बराबरी सकिएको थियो । […]

September 24, 2024

आयोजक झरना स्पोर्ट्स क्लब विजयी

सुमन अधिकारी, बुटवल आयोजक झरना स्पोर्ट्स क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा विजयी भएको छ । मंगलवार भएको खेलमा देवदह ब्वाइज एफसीलाई ५-१ ले पराजित गर्दै झरना समूह बीबाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक विदेशी खेलाडीसहित मैदानमा उत्रेको झरनाले खेल सुरु भएको तेस्रो मिनेट मै गोलको सामना गरेको थियो।देवदहका सुरज थापाले […]

Success

Thank you for your time.