2 years ago
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर तथा फरवार्ड प्रिती राईलाई अम्ब्रो नेपालले प्रायोजन गरेको छ । अम्ब्रोले प्रितीसँग एक वर्षको लागि ६ लाख रुपैयाँमा शुक्रबार प्रायोजन सम्झौता गरेको हो ।
सम्झौतामा प्रिती र भाटभटेनी होल्डिङ कम्पनीका प्रबन्ध निर्देशक पवन शर्राफले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । प्रितीले नगद र खेलकुद सामग्री प्राप्त गर्नेछिन् । औपचारिक सम्झौता शुक्रबार भएपनि उनीसँगको सम्झौता ६ सेप्टेम्वर २०२२ बाट सुरु भएको र अर्काे वर्षको सेप्टेम्वरसम्म रहने बताइएको छ । गत भदौमा नेपालमा भएको महिला साफ च्याम्पियनसिप दौरान नै अम्ब्रोले प्रितीलाई प्रायोजन गर्ने घोषणा गरेको थियो ।
कार्यक्रममा बोल्दै भाटभटेनी होल्डीङ्स कम्पनीका बिजिनेस हेड आलोक जोशीले खेलकुदलाई सहयोग गर्ने क्रममा प्रितीसँग सहकार्य गरिएको बताए । सोही कार्यक्रम दौरान भाटभटेनी सुपर मार्केट तथा भाटभटेनी होल्डिङका निर्देशक कल्याण गुरुङले प्रितीलाई खेल सामग्री प्रदान गरेका छन् ।
सम्झौतापछि प्रितीले यस्तो खालको प्रायोजन सम्झौताले खेलमा थप हौसला पुग्ने बताउँदै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरिन् । ‘विभिन्न आलोचना र हेपाहा सहेर आएको हु । सुरुमा परिवारको मात्रै सहयोग रहेको थियो । त्यसले मलाई उर्जा दियो ।’ सम्झौतापछि प्रितीले भनिन्, ‘घर र स्कुलबाट नै खेल्न थाले । स्कुलमा केटाहरुसँग पनि खेले । राम्रो हुँदै गए । जिल्ला छनोटदेखि अहिले राष्ट्रिय टोलीमा खेलिरहेको छु । अम्ब्रोले प्रायोजले थप हौसला मिलेको छ । अम्ब्रोलाई धन्यवाद ।’
सम्झौता कार्यक्रममा प्रितीका पहिलो प्रशिक्षक राजु सिंह पनि उपस्थिति थिए । उनले प्रितीलाई ९ वर्षको उमेरमा प्रशिक्षण दिएको स्मरण गर्दै आफुले सिकाएको खेलाडी राष्ट्रिय टोलीको हिस्सा बन्दा खुसी लागेको जनाउँदै थप सफलताको शुभकामना दिए ।
उमेर समूह हुँदै राष्ट्रिय टोलीको यात्रा तय गरेकी साेलुखुम्बुकी प्रितीले सिनियर टोलीमा पनि प्रभावशाली प्रदर्शन गरिरहेकी छिन् । प्रिती अर्काे महिना बंगलादेशमा आयाेजना हुने साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपालको टोलीमा समेत छिन् । प्रितीले गत वर्षको भदौमा दशरथ रंगशालामा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् । उनले नेपाली यू–१५ र यू–१८ टोलीको कप्तानी गरिसकेकी छिन् ।
अम्ब्रोले यसअघि लन टेनिस खेलाडी प्रेरणा कोइरालालाई पनि प्रायोजन गरेको थियो । यस्तै अम्ब्रोले एनएसएल टोली ललितपुर सिटी एफसीसँगै ‘ए’ डिभिजनको च्याम्पियन मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबलाई किट प्रायोजन गरेको थियो । अम्ब्रो विश्व प्रख्यात खेलकुदको ब्राण्ड हो । नेपालमा अम्ब्रोका सामानहरु भाटभटेनी सुपर मार्केटका स्टोरमा उपलब्ध छन् ।
यस्तै अम्ब्रोले ‘रोड टु वेस्ट ह्याम क्याम्पगेन’ शुरु गरेको छ । यसमा भाग्यशाली दुई विजेताले वेस्ट ह्याम युनाइटेड र म्यानचेस्टर युनाइटेडबीच ६ मे २०२३ हुने खेल हेर्न पाउने बताएको छ । सबै खर्च अम्ब्रो नेपालले नै गर्नेछ । यसमा सहभागी हुन भाटभटेनी सुपर मार्केटबाट कम्तीमा पनि ५ हजार रुपैयाको साम्रगी खरिद गर्नुपर्नेछ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]