2 years ago
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय यू२० महिला टोलीको लागि दोस्रो चराण्मा ३० खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार प्रारम्भिक चरणमा रहेको ४० सदस्यीय टोलीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेका हुन् ।
दोस्रो चरणमा मीरा राई, रोजिना विष्ट, अनिशा कुँवर, दीपा पुन, सुशीला केसी, बिर्सना चौधरी, सलिना सारु, मनिद्रा राई, वर्षा ओली र सेनु परियारले स्थान बनाउन सकिनन् ।
टोलीले ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ ।
दोस्रो चरणको टोली
गोलकिपर – कविता विक, सावित्री किसान, लिला जोशी, पुजा थापा, सुजाता तामाङ
डिफेन्डर – सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, शोभा क्षेत्री, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र गंगा रोकाया
मिडफिल्डर – कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीटी, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामसी, सरस्वती हमाल, हीमा रावत र दीपा शाही
फरवार्ड – गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द र सदिपा भोलान
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]