default_image

1 year ago

January 5, 2023

नेपाेलीकाे पहिलाे हार, युभेन्टसकाे लगातार साताैं जित

275 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सिजनको पहिलो हार बेहोर्दा युभेन्टसकाे लगातार साताैं जित दर्ता गरेकाे छ ।

इन्टर मिलानसँग १–० ले पराजित भएपछि नेपोलीले सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको हो । नेपोलीलाई पहिलो हार चखाउन दोस्रो हाफमा बोस्निया हर्जगोभिनाका फरवार्ड इडेन जेकोले गरेको गोल नै निर्णायक बन्यो ।

मिलानोमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा उनले ५६औं मिनेटमा फेडरिको डिमार्काेको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि थप गोल भने निस्कन सकेन ।

अगस्टमा फियोरेन्टिनासँग गोलरहित र सेप्टेम्वरमा लिसेसँग १–१ गोलको बराबरी खेलेको नेपोलीले त्यसअघि दुई जित र त्यसपछि ११ खेलमा जित निकालेको थियो ।

यस हारपछि नेपोलीले आफ्नो अग्रता थप मजवुच बनाउने अवसर गुमाएको छ । शीर्षस्थानमा रहेको नेपोलीको १६ खेलबाट ४१ अंक छ । नेपोलीले१३ जित, २ बराबरी र एक हारको नतिजा निकालेको छ ।

नेपोलीलाई हराएको इन्टर १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा रहेको छ । दोस्रोमा रहेको एसी मिलानको ३६ तथा तेस्रोमा रहेको युभेन्ट्सको ३४ अंक छ ।

यस्तै अर्काे खेलमा क्रेमोनेसेलाई १–० ले पराजित गर्दै युभेन्ट्सले सिरी ‘ए’ मा लगातार सार्ता जित दर्ता गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा एर्काडिअस्ज मिलिकले फ्रिकिकमा सानदार गोल गर्दै युभेन्ट्सलाई महत्वपूर्ण ३ अंक दिलाए ।

युभेन्ट्स गत अक्टोवरमा एसी मिलानसँग २–० ले पराजित भएयता, अपराजित छ । युभेन्ट्सले त्यसपछिको सबै सात खेलमा जित निकालेको छ । यस जितसँगै युभेन्ट्स १६ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ । पराजित क्रेमोेनेसे ७ अंक जोडेर १९औं स्थानमा छ ।

June 26, 2024

लेबनानमा हुने वुमेन्स कपका लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आउँदो जुलाईमा लेबनानमा हुने सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले नेपालको २३ सदस्सीय टोली घोषणा गरेका हुन् । टोलीमा वाफ च्याम्पियनशिपका लागि साउदी अरब पुगेका खेलाडीहरुकै बाहुल्यता छ । सो प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश […]

June 26, 2024

नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनको विरुद्ध खेल्ने भएको छ । आयोजक लेबनान फुटबल संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल जोर्डन विरुद्ध हुने भएको हो । नेपालको जोर्डन विरुद्धको पहिलो खेल असार २६ (जुलाई १०) का दिन हुनेछ । नेपाल […]

June 26, 2024

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा

एजेन्सी – लगातार दोस्रो खेल जित्दै अमेरिकामा‌ जारी अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ। न्यू जर्सीको मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको समूह ‘ए’को खेलमा अर्जेन्टिनाले चिलीलाई १-०ले पराजित गरेको हो। खेलको अन्त्यतिर परिवर्तित खेलाडी लाउटारो मार्टिनेजले गरेको गोल खेलको निर्णायक बनेको थियो । मार्टिनेजले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । इन्ज्युरी समयमा मार्टिनेजले […]

Success

Thank you for your time.