2 years ago
January 4, 2023
काठमाडौं (हाम्रो खेलकुद)– मिडफिल्डर पुजन उपरकोटीले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीमा अनुबन्धित भएका छन् ।
मछिन्द्रबाट पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबविरुद्ध आइतबार क्वार्टरफाइनल खेलेका पुजनले औपचारिक रुपमा सम्झौता भने मंगलबार गरेका हुन् । उनले केहि दिन अघि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब छाडेका थिए । फरवार्ड अन्जन विष्ट र रक्षक दीनेश राजवंशीले मनाङ छाडेको केहि दिनमा पुजनले पनि मनाङ छाडेका हुन् ।
राष्ट्रिय फुटबल टोलीका समेत सदस्य रहेका झापाका पुजनले झण्डै ५ वर्ष मनाङमा बिताएका थिए । अन्जन र दीनेश भने चर्च ब्वाइज युनाइटेड क्लबमा आबद्ध भइसकेका छन् । क्लब र आफ्नो लक्ष्य समान भएकाले नयाँ सिजनका लागि मछिन्द्रमा आबद्ध भएको पुजनले बताएका छन् । ‘भविष्यमा मछिन्द्रबाट राम्रो गर्न सक्छु कि भने आशा छ,’ उनले भने, ‘क्लबले पनि मबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छ । म आफ्नोतर्फबाट शतप्रतिशत दिने प्रयास गर्नेछु ।’
यसपटक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुने अखिल नेपाल फुटबल संघले घोषणा गरिसकेको छ । मछिन्द्रको आहा राराको यात्रा भने पहिलो खेलमै टुंगिएको थियो । मछिन्द्रलाई ३–१ ले हराउँदै चर्च ब्वाइज आहा राराको सेमिफाइनल पुगेको थियो । आहा रारामा आज पहिलो सेमिफाइनल साविक विजेता नेपाल एपिएफ क्लब र दुई वर्षअघिको च्याम्पियन संकटा क्लबबीच हुँदैछ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]