2 years ago
January 3, 2023
हिमाल खरेल, बिर्तामोड
भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण फागुन ७ गते सुरु हुने भएको छ । मेची रंगशालामा १८ वर्षपछि फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । भद्रपुर झापा गोल्डकप फागुन ७ गतेदेखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । त्यस्तै, प्यारपिट र भवनको रंगरोगन कार्य पनि सुरु भएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापाको पुरानो मेची रंगशालालाई पुनर्जीवन दिन गोल्ड कप आयोजना गर्न लागिएको हो ।
त्यस्तै, जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन भद्रपुर झापा गोल्डकप आयोजना गरिएको ढकालले जानकारी दिए । गोल्ड कपका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टोलीले उपाधिसहित १३ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, प्रतियागिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने बताइएको छ ।
प्रतियोगितामा आयोजकको भद्रपर ११ सहित नेपालका ७, भारत र भुटानका तीन गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लगाइने वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गोल्ड कपको संरक्षकको रुपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]