2 years ago
January 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका अर्को महिनाको पहिलो सातामै सार्वजनिक हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबहरुको सहमतिमा फागुन १९ गतेबाट ए डिभिजन लिग गर्ने निर्णय गरेको यसअघि नै सार्वनिक गरिसकेको छ ।
सोही लिगका लागि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने एन्फाले जनाएको छ । एन्फा पदाधिकारी र ए डिभिजन लिग क्लबका प्रतिनिधिहरुबीच सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छलफलमा क्लब दर्ता, खेलाडी दर्तालगायतका विषयमा पनि समय तोक्ने निर्णय भएको छ ।
जसअनुसार लिग खेल्नका लागि १४ ए डिभिजन क्लबले शुक्रबार (पुस २२) गते भित्रमा दर्ता गरिसक्नु पर्नेछ । त्यस्तै माघ १५ गते भित्र क्लब लाइसिनिङका लागि क्लबहरुले मापदण्ड पूरा गरिसक्नु पर्नेछ । लिगका लागि क्लबहरुले आइतबार (पुस २४ गते) बाट खेलाडी दर्ता गर्न सक्ने बताइएको छ ।
लिगका लागि माघको २९ गते सम्म कम्तीमा २० खेलाडी दर्ता गरिसक्नुपर्ने एन्फाले जनाएको छ । छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा १४ क्लबबाट प्रतिनिधिहरुको सहभागिता थियो ।
जसमा हिमालयन शेर्पाका क्लबका अध्यक्ष समेत रहेका एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा, संकटाका अध्यक्ष समेत रहेको एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधर, थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशी, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, न्यू रोड टिम एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठलगायतको सहभागिता थियो । यसपटकको लिग डबल राउन्ड रोविन लिगका आधारमा हुने बताएको छ ।
यसैबीच, एन्फा अध्यक्ष नेम्बाङले एन्फाका तर्फबाट नर्वनिर्वाचित संकटाका अध्यक्ष तुलाधरलाई बधाई दिएका थिए । तुलाधर केहि दिन अघि भएको निर्वाचनमा पुनः अध्यक्ष निर्वाचित भएका थिए ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]