2 years ago
January 2, 2023
एजेन्सी – एटलेटिको म्याड्रिडका पोर्चुगिज स्टार जोआओ फेलिक्स लोनमा प्रिमियर लिग क्लब आउने चर्चा रहेको छ । स्पेनिस क्लबमा प्रशिक्षक डिएगो सिमिओनीसँग सम्बन्ध चिसिएपछि फेलिक्स बाहिरिने पक्काजस्तै छ ।
स्पेनिस क्लबको इतिहासमै सर्वाधिक महँगा खेलाडी फेलिक्सको प्रदर्शन सोचेजस्तो हुन सकेको छैन । क्लबमा आबद्ध भएको साढे तीन वर्ष बितिसक्दा पनि उनी टोलीको मुख्य खेलाडीको रुपमा स्थापित हुन सकेका छैनन् । एटलेटिकोले १ सय २७ मिलियन युरो खर्चेर उनलाई अनुबन्ध गरेको थियो ।
फेलिक्सले क्लबका लागि १ सय ३० खेल्ने क्रममा ३४ गोल गरेका छन् । पटक पटक चोटका कारण बाहिर रहेका उनले क्लबमा आफ्नो भविष्य नदेखेपछि बाहिरिने मनस्थिति बनाएका छन् । क्लबको प्रशिक्षण टोलीसँग पनि राम्रो सम्बन्ध नरहेपछि उनी बाहिरिने सम्भावना बढेको हो ।
फेलिक्सलाई अनुबन्ध गर्न प्रिमियर लिगका म्यानचेस्टर युनाइटेड र आर्सनलले इच्छा देखाएपनि एटलेटिकोको माग भने पुरा गर्न नसक्ने बुझिएको छ । द एथलेटिकका अनुसार एटलेटिकोले ६ महिनाको लोन र तलब गरेर २१ मिलियन युरो माग गरेको छ । चेल्सीलाई पनि फेलिक्स अनुबन्धनको प्रस्ताव गरिएको थियो, तर क्लबले डेविड फोफाना अनुबन्ध गरेको छ ।
क्लबका प्रमुख कार्यकारी मीगुएल एन्जलले नै फेलिक्सले क्लब छाड्ने स्वीकारेका छन् । ‘अहिलेको अवस्थामा उनले क्लब छाड्नेछन् भन्ने सोच बनाउनु उचित हुन्छ । म व्यक्तिगत रुपमा उनी क्लबमा रहेको हेर्न चाहन्छु । तर खेलाडीको सोच यस्तो छैन,’ उनले भनेका थिए ।
पोर्चुगलको भविष्यको रुपमा हेरिएका फेलिक्सले राष्ट्रिय टोलीबाट पनि २८ खेल खेलिसकेका छन् । २३ वर्षीय फेलिक्स आक्रमणमा निकै छरितो खेलाडीको रुपमा चिनिन्छन् ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]