2 years ago
January 1, 2023
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्ष दौडमा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ ।
सिटी घरेलु मैदानमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटी एर्लिङ ब्राउट हालान्डले गोल गर्दा एभर्टनका डेमाराई ग्रेले बराबरी गोल फर्काए ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा शनिबार राति भएको खेलको २४औं मिनेटमा हालान्डको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले रियाद महारेजको पासमा गोल गर्न सफल भएका थिए ।
तर, सिटीले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ६४औं मिनेटमा डेमाराई ग्रेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले इड्रिसा गाना गुआईको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा रोकियो ।
यस बराबरीसँग सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमाउँदा ७ अंकले पछि परेको छ । दोस्रो स्थानमा रहेको सिटीको १६ खेलबाट ३६ अंक पुगेको छ । आर्सनलको समान खेलबार्ट ४३ अंक छ । एभर्टन १५ अंक जोडेर १६औं स्थानमा छ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]