2 years ago
December 31, 2022
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलाेना स्पेनिस ला लिगाकाे क्याटलान डर्वीमा इस्पान्योलसँग बराबरीमा राेकिएकाे छ ।
बार्सिलाेना घरेलु मैदानमा इस्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका मार्कास अलन्सोले गोल गर्दा इस्पान्योलका जोसेलुले बराबरी गोल फर्काए ।
क्याम्प नोउमा शनिबार राति भएको खेलको सातौं मिनेटमा अलन्सोको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले आन्द्रेस क्रिस्टेन्सेनको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
तर, त्यो अग्रतालाई बार्सिलोनाले दोस्रो हाफमा जोगाउन सकेन । ७३औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अलन्सोले पेनाल्टी बक्समा जोसेलुलाई फउल गरेपछि रेफ्रीले इस्पान्योललाई पेनाल्टी प्रदान गर्दा उनी चुकेनन् ।
त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । ७८औं मिनेटमा जोर्डी अल्बा दोहोरो पहेलो कार्ड खाँद मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । त्यसको दुई मिनेटपछि नै भिनिसियस डि सोउजा कोस्टा पनि दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इस्पान्योल पनि १० खेलाडीमा समेटिन पुग्यो ।
रेफ्री एन्टोनियो माटेउले सुरुवातमा लियान्द्रो कावरेरालाई रातो कार्ड देखाएपनि भिएआरको सहायतामा उनको कार्ड परिवर्तन गर्दै कोस्टालाई रातो कार्ड देखाए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेपनि इस्पान्योलको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यस बराबरीसँगै बार्सिलोना १५ खेलबाट ३८ अंक जोडेर पुनः शीर्षस्थानमा उक्लिएको छ । समान ३८ अंक नै रहेपनि रियल म्याड्रिड गोल अन्तरमा पछि छ । इस्पान्योल १३ अंक जोडेर १६औं स्थानमा छ ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सनिश श्रेष्ठले इन्ज्युरी समयको अन्तिम क्षणमा पूर्व क्लब एपिएफविरुद्ध गोल गर्दा मच्छिन्द्रले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा मच्छिन्द्रले एपिएफमाथि १-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा सनिशले इन्ज्युरी समयको आठौँ मिनेटमा गोल गरेका थिए । खेल गोलरहित […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। अमृता जैसीको निर्णायक गोलमा बागमती युथ क्लबलाई १-० ले हराउँदै पुलिस दोस्रो क्वालिफायरमा पुगेको हो। लिगमा बागमतीको यात्रा टुंगिएको छ। सातदोबाटो स्थित एन्फाको मैदान अमृताले इन्ज्युरी समयमा गोल गर्दैै पुलिसलाई जित दिलाएकी हुन् ।पुलिसले एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]