default_image

2 years ago

December 31, 2022

बेन्जेमाको दुई गोल, रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

121 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको छ ।

रियल म्याड्रिडले रियल भालाडोलिडलाई २–० ले पराजित गरेपछि एक खेल कम खेलेको क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

भालाडोलिडमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि रियलले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ८२औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो ।

जाभी सान्चेजले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेपछि रेफ्रीसँगै फोर्थ अफिसियलसँग त्यसमा असन्तुष्टि जनाएपछि सर्जियो लियोन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरियो । त्यसमै प्राप्त पेनाल्टीमा बेन्जेमा गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

त्यसपछि ८९औं मिनेटमा बेन्जेमाले इडुआर्डाे कामाभिंगाको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–० को सहज जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको रियलको १५ खेलबाट ३८ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३७ अंक छ । पराजित भालाडोलिड १७ अंक जोडेर १५औं स्थानमा छ ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.