default_image

2 years ago

December 30, 2022

साल्मेलाई आरपी गुरुङ कप फुटबल उपाधि

145 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – साल्मे फुटबल क्लबले दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले लमजुङको नव निर्मित रंगशालामा बिहीबार अवेर भएको फाइनलमा सानो काभ्रे फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ ले पराजि तगर्दै उपाधि जित्न सफल भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल पेनाल्टीमा लम्बिएको थियो ।

त्यसअघि बिहीबारै भएको पहिलो सेमिफाइनलमा लाखाजुङलाई १–० ले हराएर सानो काभ्रेले फाइनलको यात्रा तय गरेको थियो । अर्काे सेमिफाइनलमा आयोजक सिम्लेलाई निर्धारित समयमा २–२ गोलको बराबरीपछि पेनाल्टीमा ४–१ ले पराजित गर्दै साल्मेले फाइनलको यात्रा तय गरेको थियो ।

उपाधिसँगै साल्मेले ७० हजार रुपैयाँ, आरपी कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो भएको सानो काभ्रेले ३५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरेको क्लबका बिकास गुरुङले जानकारी गराए ।

सानो काभ्रेका राम गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । साल्मेका नविन गुरुङ सर्वाधिक गोलकर्ता र साल्मेकै मिजास गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए ।

साल्मेका इन्द्र दुरु फाइनल खेलको म्यान अफ दि म्याच भए । उनीहरु सबैले समान ३ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता टोली तथा खेलाडीलाई आरपी कपको संस्थापक राम बहादुर गुरुङ र भक्त बहादुर गुरुङसँगै दुध पोखरी गाँउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दल बहादुर गुरुङ लगायतले पुरस्कृत गरे ।

परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्लेको आयोजनाका पुस ११ गतेबाट शुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता नकआउटको आधारमा भएको थियो ।

July 3, 2024

उर्जनलाई यू–२० पुरुष टोलीको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक उर्जन श्रेष्ठ यू–२० पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई युथ टोलीको मुख्य प्रशिक्षककको जिम्मेवारी प्रदान गरेको हो । पुर्व खेलाडी समेत रहेका श्रेष्ठसँग ‘ए’ डिभिजन लिगमा प्रशिक्षण सम्हालेको अनुभव छ । उनले थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबको प्रशिक्षण सम्हालिसकेका […]

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

Success

Thank you for your time.