2 years ago
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भ्रमणमा रहेको स्पेनिस क्लब कासेरेन्यो सिपीले लगातार दोस्रो खेल जितेको छ । दशरथ रंगशालामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहेको काठमाडौं ११ लाई २–१ ले हराएको छ ।
अघिल्लो दिन बुधबार पोखरा रंगशालामा कासेरेन्योले राष्ट्रिय फुटबल टोलीका अर्का कप्तान अनिल गुरुङको नेतृत्व रहेकोले गण्डकी ११ लाई ३–० ले हराएको थियो । काठमाडौं ११ विरुद्ध स्पेनको चौथो श्रेणीको टोली कासेरेन्योलाई जित दिलाउन अल्भारो क्लाउस र डेभिड ग्रान्डेले समान १ गोल गरे । काठमाडौंका लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काए ।
४१ औं मिनेटमा अल्भारोको गोलबाट कासेरेन्योले अग्रता लिएको थियो । डेभिडले ८२ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारे । निर्धारित समय सकिन ४ मिनेट बाँकी रहँदा जर्ज प्रिन्सले गोल गर्दै अन्तरलाई घटाए ।
शान्तिका लागि फुटबल भन्ने नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनिस टोलीलाई दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गराएको थियो । फाउन्डेसनले खेलका लागि स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँग सहकार्य गरेको थियो ।
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग अन्तिम चरणको विभागीय डर्बीमा आज नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब खेल्दैछन्। शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्नका लागि दुवै टोली जितको लक्ष्यका साथ मैदान उत्रनेछन् । बलियो दाबेदार एपिएफ दोस्रो चरणमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो। विभागीय भिडन्त रहने महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब […]
January 9, 2025
एजेन्सी – टोटनहमले लिग को सेमिफाइनलको पहिलो लेगमा बुधवार लिभरपुललाई हराएको छ। खेलको अन्त्यतिर लुकास बेरगभालले गरेको गोलमा टोटनहमले लिभरपुललाई १-० ले हराएको छ । यो सिजनमा लिभरपुलको यो दोस्रो हार मात्रै हो । सबै प्रतियोगिताका २४ खेलयता लिभरपुल पहिलो पटक पराजित भएको हो । लन्डनको टोटनहम स्टेडियममा भएको खेल सकिन ४ मिनेट अघि बेरगभालले गोल गरे […]