default_image

2 years ago

December 29, 2022

अनन्त सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खलाडी पुरस्कारबाट सम्मानित भएका छन् ।

राष्ट्रिय टिमका डिफेन्डर तामाङलाई ५० हजार पाँच रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको हो । अनन्तले २०१३ मा यु–१६ मा खेल्दै युवा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । २०१५ मै उनले राष्ट्रिय सिनियर टोलीबाट डेब्यु गरे । २० वर्ष टेक्दै गर्दा उनले नेपाललाई ४ वटा उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

साफ यू–१९ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, १२ औं र १३ अ‍ौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक र एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन अनन्तको ठूलो योगदान रहेको थियो । यी पाँच वटै प्रतियोगितामा अनन्तले निर्णायक भूमिका खेलेका थिए ।

एन्फा कम्प्लेक्समा पहिलो पटक आयोजना भएको यू–१९ साफ च्याम्पियनसिपको उपाधि नेपालले रक्षा गर्दा अन्तिम पेनाल्टीमा अनन्तले गोल गरेका थिए । नेपाली फुटबलमा लामो समयदेखि उपाधि रक्षाको खडेरी लागेको थियो । युवा टोलीले २३ वर्षपछि त्यो खडेरी तोड्दा सिंगो नेपालले खुसियाली मनाएको पल पनि त्यही थियो ।

यसअघि सहारा क्लबको यस सम्मानबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट सम्मानित भइसकेका छन् ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.