2 years ago
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोलअन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रकाश बुढाथोकीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो ।
धरानले खेल सुरु भएको चौथो मिनेटमै अग्रता लियो । तेस्रो मिनेटमा सहाराका भगवत चौधरीले प्रकाशलाई लडाएपछि फ्रिकिको अवसर प्राप्त गरेको थियो । उक्त फ्रिकिक प्रकाशले नै प्रहार गर्दै सुन्दर गोल गरे ।
१० औं मिनेटमा सहाराले खेलमा फर्किने अवसर खेर फाल्यो । कप्तान सुशिल लामाको लो क्रसमा विक्रम सिंह ठकुरीले हेडर प्रहार गरेपनि पोष्ट नजिकैबाट बाहिरियो ।
२३ औं मिनेटमा अमिन लामाले अवसर खेर फाले । विक्रमले निकालिदिएको निकै आकर्षण पासलाई नियन्त्रणमा लिएपनि उनी अतालिदाँ प्रहार गर्न सकेनन् । २४ औं मिनेटमा धरानका प्रकाशको क्रसलाई विजय भुजेलले भेट्न नसक्दा अग्रता दोब्बर पार्नबाट चुक्यो ।
२९ औं मिनेटमा धरानका वर्तमानको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । पहिलो हाफमा थप गरिएको तिन मिनेटमा धरानका गोलरक्षक सौरभ बरालले फुत्काएको बलमा भगवतको प्रहार बाहिरिँदा सहारा खेलमा फर्किन सकेन ।
दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको सहाराले केहि सुधारिएको खेल देखाएपनि फरवार्ड लाइनमा जम्न सकेन । ६९ औं मिनेटमा सहाराका अनिल गुरुको उत्कृष्ट प्रहारलाई धरानका गोलरक्षक सौरभले विफल पारे ।
यस्तै ७२ औं मिनेटमा सहाराले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । धरानका डिफेन्डर विट भइसकेको अवस्थामा मिडफिल्डर मुकुन्द न्युरेले वान भर्सेस वानमा गोल गर्न सकेनन् । पेनाल्टि एरियामा पाएको उक्त अवसरमा सौरभ बाधक बने ।
निर्धारित ९० मिनेटको खेल सकिएपछि थप गरिएको ६ मिनेटको अन्तिम समयमा सहाराले अन्तिम मौका पनि खेर फाल्यो । मुकुन्दको उत्कृष्ट क्रसपासमा अनिल गुरुङको हेडर बाहिरिँदा सहाराको यात्रा समाप्त भएको हो ।
धरानले अब शनिबार क्वाटरफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगिताको प्रि क्वाटरफाइनलमा विहीबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]