default_image

2 years ago

December 28, 2022

म्यानचेस्टर युनाइटेडको सानदार जित

250 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–० को सानदार जित आत्मसात गरेको हो ।

युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलको १९औं मिनेटमा रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो । उनले क्रिष्टियन एरिक्सनको पासमा गोल गरेका थिए । २२औं मिनेटमा रासफर्डको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

४०औं मिनेटमा रायन याटेसले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा नटिङहम गोल अन्तर कम गर्नबाट चुक्यो । त्यसपछि खेल सकिन तीन मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी फ्रेडले गोल गर्दै युनाइटेडको सहज जित पक्का गरे । ७७औं मिनेटमा एरिक्सनको स्थानमा मैदान छिरेका फ्रेडले मैदान छिरेको १० मिनेटमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै युनाइटेड १५ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेर ३० अंक जोडेको टोटेनहम चौथो स्थानमा छ । पराजित नटिङहम १३ अंक जोडेर १९औं स्थानमा छ ।

February 6, 2025

रियल कोपा डेल रेको सेमिफाइनलमा, गार्सियाको निर्णायक गोल

एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

February 5, 2025

पुष्पसदन र ग्रिन भिलेजको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]

Success

Thank you for your time.