2 years ago
December 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले मनाङ मर्स्याङ्दी क्लब छोडेर नवप्रवेशी चर्च ब्वाइज युनाइटेडबाट खेल्ने भएका छन् ।
मनाङको कप्तान समेत रहेका अन्जनले नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक वर्षको सम्झौता गरेका हुन् । मनाङबाट पहिलो सिजनमै लिग उपाधि जितेका अन्जनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे । मोफसलमा आहा! गोल्डकप, बुढासुब्बा गोल्डकप लगायत प्रतियोगितामा भने अन्जन
अन्जनले मंगलबार सामाजिक संजालमार्फत आफूले मनाङ छाडेको बताएका थिए । उनले समर्थकलाई धन्यवाद दिँदै क्लब व्यवस्थापनप्रति निराशा समेत जनाएका थिए । मनाङमा अन्जनसँगै अन्य खेलाडीले पनि व्यवस्थापनसँग खटपट परेपछि क्लब छाडेका छन् ।
नेपाल एपिएफ क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका अन्जनले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । त्यसपछि २०७५ सालमा उनी मनाङबाट ए डिभिजन लिग खेल्दै उपाधि जित्न सफल रहे । उनले एएफसी कपमा पनि प्रतिस्पर्धा गरेका थिए ।
अन्जनले अब चर्च ब्वाइजबाट खेल्नेछन् । अन्जनसँगै राष्ट्रिय टोलीका अन्य सदस्य पनि नवप्रवेशी क्लब जाने चर्चा रहेको छ । चर्च ब्वाइजले ए डिभिजन क्लबको रुपमा आहा! गोल्डकपमा पहिलो पटक खेल्दैछ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]