2 years ago
December 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका विंगरद्वय आयुष घलान र सुनिल बलसहित ६ खेलाडी संकटा क्लबमा अनुबन्धित भएका छन् ।
संकटाले आफ्नो सामाजिक संजालमार्फत खेलाडी अनुबन्धन गरेको सार्वजनिक गरेको छ । आयुष र सुनिलसँगै डिफेन्डरद्वय गौतम श्रेष्ठ र निशान खड्का, मिडफिल्ड र सुरज जिउ ठकुरी र गोलरक्षक टिकेन्द्र थापा संकटामा अनुबन्ध भएका हुन् । संकटाले यसै साता सुरु हुने आहा! रारा गोल्डकपमा सहभागिता जनाउँदैछ ।
आयुषले यसअघि पनि आहा! रारामा संकटाबाट खेलेका थिए । उनले ए डिभिजन क्लब थ्री स्टार क्लब जानुअघि संकटाबाट मोफसल फुटबल खेलेका थिए । सुनिलले पनि मोफसलमा संकटाको जर्सी लगाइसकेका छन् । सुनिल यसअघि लिग च्याम्पियन मछिन्द्र तथा आयुष थ्री स्टारमा थिए ।
गत सिजन जावलाखेलबाट खेलेका सुरज र टिकेन्द्र पनि संकटा पुगेका छन् । सुरज गत सिजन प्रशिक्षक किशोर केसीको रोजाइमा नियमित पर्न नसक्दा चर्चामा आएका थिए । क्लबमा नियमित नखेलेपनि उनी राष्ट्रिय टोलीमा भने पर्दै आएका छन् । टिकेन्द्र पनि अब्दुल्लाह अलमुताइरी प्रशिक्षक रहँदा वैकल्पिक गोलरक्षक थिए ।
जावालाखेलबाट आर्मी पुगेका गौतमले विभागीय टोलीको बसाइ बिट मार्दै संकटा लागेका छन् । थ्री स्टारका विंगब्याक निशान पनि संकटामा अनुबन्धित भएका छन् । गत वर्ष विष्णु गुरुङको प्रशिक्षणमा राम्रो प्रदर्शन गरेको संकटाले यसपटक प्रशिक्षक पनि परिवर्तन गर्ने बुझिएको छ ।
संकटाले आहा! रारा गोल्डकपमा १८ पौषमा आर्मीको सामना गर्नेछ । क्वाटरफाइनलमा विजयी भए टोलीले एपिएफ, आयोजक सहारा वा धरान एफसीको सामना गर्नेछ ।
ए डिभिजन लिग तय नहुँदा क्लबहरुले खेलाडी अनुबन्धनलाई अघि बढाएका छैनन् । मोफसलका प्रतियोगितामा अस्थायी टोली बनाएर लिगका लागि तयारी गर्ने सोचमा क्लब रहेको बुझिएको छ । झन्डै दुई दर्जन राष्ट्रिय खेलाडी पलायन हुँदा यसपटक लिगको स्तर कस्तो हुने हो भन्ने सर्वत्र चासो छ । तर त्यसअघि क्लब र एन्फाको विवादले लिगको मिति नै तय गर्न नसक्दा खेलाडी असमन्जसमा छन् ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]