default_image

2 years ago

December 25, 2022

त्रिवेणी कपको खेल तालिका सार्वजनिक

376 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – लमजुङ सदुमुकाम बेशीसहरमा आयोजना हुने ३०औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक त्रिवेणी युवा क्लब लमजुङ बेशीशहरले पुस १३ देखि १९ पुससम्म आयोजना हुने ३०औं त्रिवेणी कपको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा हुनेछ ।

प्रतियोगितामा विभिन्न १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सार्वजनिक भएको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो देखि छैटौं दिनसम्म दुई खेलमा प्रतिस्पर्धा हुनेछ । सातौं तथा अन्तिम दिन फाइनल खेल मात्रै हुनेछ । पुस १५ सम्म प्रि–क्वाटरफाइनल, पुस १६ र १७ गते क्वाटरफाइनल, १८ गते सेमिफाइनल र १९ गते फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र पाउनेछन् । सेमिफाइनलमा पराजित दुई टोलीले समान ५० हजर प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान १५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने छ ।

लमजुङकै सर्वाधिक प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता कोरोना महामारी अवधिको १ वर्ष बाहेक निरन्तरण संचालन हुँदै आएको छ ।

July 1, 2024

एन्फा यु-१८ लिग असार अन्तिमबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यू–१८ युवा लिग असार अन्तिमदेखि सुरु हुने भएको छ । एन्फाले सोमबार सामाजिक संजालको माध्यमबाट यु-१८ लिग असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने घोषणा गरेको हो । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि भएको एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताको सहभागिता, मिति […]

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

Success

Thank you for your time.