2 years ago
December 26, 2022
एजेन्सी – ब्राजिली फरवार्ड रिचार्लीसनले सर्वियाविरुद्ध गरेको ‘ओभरहेड किक गोल’ फिफा विश्वकप कतार २०२२ को सर्वाेत्कृष्ट गोल बनेको छ ।
भोटिङको आधारमा रिचार्लीसनको गोल कतार विश्कवपको हुन्डाई गोल अफ दि टुर्नामेन्ट बनेको विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले जनाएको छ । मनोनयनमा परेका अन्य गोललाई पछि पार्दै रिचार्लीसनको गोल पहिलो भएको हो ।
समूह चरणको पहिलो खेलमा सर्वियाविरुद्ध २–० को जित निकाल्दा दुवै गोल रिचार्लीसनले गरेका थिए । रिचार्लीसनको दोस्रो गोल विश्वकपको सर्वाेत्कृष्ट बनेको हो ।
७३औं मिनेटमा भिनिसियस जुनियरले बक्स बाहिरबाट दिएको क्रसलाई १३ यार्डमा रहेका रिचार्लीसनले पहिलो टचमा आफैं फ्लिक गर्दै दोस्रो टचमा गरेको ओभरहेड किकमा सर्वियाका गोलरक्षक भान्जा मिलिन्कोभिक साविचलाई बिट हुँदा गोल भएको थियो ।
फिफाले उत्कृष्ट गोलको लागि विश्वकपको १० गोललाई मनोनयनमा राखेको थियो । अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाका सलेम अल–दौसारी, इक्वेडरविरुद्ध नेदरल्यान्ड्सका कोडी गाक्पो, मेक्सिकोविरुद्ध अर्जेन्टिनाका एन्जो फर्नान्डेज र सर्बियाविरुद्ध क्यामरुनका भिन्सेन्ट अबुबाकरकाे गाेल मनाेनयनमा थियाे ।
यस्तै साउदी अरेबियाविरुद्ध मेक्सिकाेका लुइस चाभेज, पोल्याण्डविरुद्ध फ्रान्सका केलियन एमबाप्पे, दक्षिण कोरियाविरुद्ध ब्राजिलका रिचार्लिसन, ब्राजिलविरुद्ध दक्षिणा काेरियाका पाईक सिइङ हो र क्रोएसियाविरुद्ध ब्राजिलका नेयमारको गोल मनाेनयनमा थियाे । ति सबै गाेललाई रिचार्लीसनकाे गाेलले पछि पार्न सफल भयो ।
फिफाले पहिलोपटक सन् २००६ बाट उत्कृष्ट गोलको अवार्ड सुरु गरेको थियो । सन् २००६ मा अर्जेन्टिनाका म्याक्सी रोड्रिग्वेज, सन् २०१० मा उरुग्वेका डिएगो फोर्लान, सन् २०१४ मा कोलम्वियाका हामेस रोड्रिग्वेज र सन् २०१८ मा फ्रान्सका बेन्जामिन पाभार्डको गोल सर्वाेत्कृष्ट बनेको थियो ।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]