2 years ago
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका लागि पछिल्ला दुई मैत्रीपूर्ण खेलमा ४ गोल गरेका फरवार्ड अन्जन विष्टले ए डिभिजन लिग हुन नसकेका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरु दुवै पक्षलाई प्रश्न गरेका छन् ।
उनले अभिभावक संस्था एन्फालाई फुटबल सञ्चालनका लागि किन ढिला सुस्ती गरेको भन्दै प्रश्न गरेका छन्, ‘लिग तपाईहरुले गर्ने हो कि कसले ? पटक पटक लिग सार्दा तपाईहरुलाई खेलाडीहरुको चिन्ता लाग्दैन ? अझै धेरै खेलाडीहरु विदेशिएको देख्न चाहनुहुन्छ ?
त्यो भन्दा बढी उनले क्लबहरुलाई प्रश्न गरेका छन् । उनले सोधेका छन् ,‘ प्रिय ए डिभिजन क्लबहरू तपाईहरू कहिले हुनुहुन्छ तयार ? लिग खेल्न केही क्लब तयार नभएको सुन्छु, आर्थिक भार बढ्छ रे, एन्फाले समयमा नै पैसा उपलब्ध नगराएकोमा । तपाईंहरुको मेहेनत बिना एन्फाको अनुदानमा मात्रै आजसम्म नेपाली फुटबलमा तपाईंहरुले आफ्नो क्लबको ईतिहास राख्नु भएको त पक्कै होइन होला ? हजुरहरुको आवश्यकता र चिन्ता प्रति हाम्रो पनि सम्मान रहेको छ तर हिजो देखि आजसम्मको नेपाली घरेलु फुटबलको इतिहासलाई पनि फर्केर हेर्नुस् त नेपालमा कति पटक लिग रोकियो क्लब र एन्फाको लफडामा ?
उनले खेलाडी पलायनको लेखाजोखा एन्फा र क्लबसँग छ भन्दै अर्को प्रश्न गरेका छन् । ‘खेलाडीको जीवन चाँही जीवन होइन? खेलाडीलाई परेको आर्थिक भार कसले बुझ्ने? उनले अगाडि भनेका छन्,‘ हुन पनि बिचरा हामी खेलाडीले के नै गर्न सक्छौ त्यही आवाज उठाउछन्, त्यो नि कसले पो सुन्छ र ?’
यसरी पनि देशको फुटबलको स्तर बढ्छ र ? एन्फा का पदाधिकारीज्यूहरू, ए डिभिजन क्लबहरु, यसरी हाम्रो देशको फुटबल कहाँ पुग्छ ? नेपाली फुटबल र खेलाडीलाई माया गर्नुस् भन्ने सुझाव दिदै अन्जनले अर्को जिज्ञासा राखेका छन्,
आखिर कहिले सम्म एकले अर्कोलाई दोष लगाउदै लिग लाई पर पर धकाल्नु हुन्छ ? खेलाडिहरुको रगत पसिनामा कहिलेसम्म तपाईंहरु स्वार्थपुर्ति गर्नुहुन्छ ?
सुन्दर देशमा जन्मन पाउनु गर्वको विषय भएको जनाउँदै गत वर्ष मनाङ मर्स्याङ्दी क्लबबाट घरेलु फुटबल खेलेका अन्जनले भनेका छन्,‘ फुटबललाई मनबाट माया गर्ने लाखौं समर्थक भएको देशमा एक फुटबल खेलाडी हुन पाउँदा पनि निकै खुसी लाग्छ ।’ अन्जनले बंगलादेश र पाकिस्तानविरुद्धका दुई मैत्रीपूर्ण खेलमा ४ गोल गरेका थिए ।
दशरथ रंगशालामा बंगलादेशविरुद्ध असोज ११ गते भएको खेलमा ३–१ को जितमा ह्याट्रिक गरेका अन्जनले पाकिस्तानविरुद्धका कात्तिक ३० गते १–० को जितमा पनि गोल गरेका थिए । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोल संख्याको २ गोल टाढा छन् । उनको ११ अन्तर्राष्ट्रिय गोल पुगिसकेको छ । पूर्व फरवार्ड हरि खड्का र निराजन राजमाझीको नाममा समान १३ अन्तर्राष्ट्रिय गोल छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]