default_image

2 years ago

December 23, 2022

आहा रारा पोखरा गोल्ड कप – आर्मी र संकटा क्वार्टरफाइलमा भिड्ने

301 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले अर्को साता पोखरामा सुरु हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा एकअर्काको सामना गर्ने भएका छन् । अन्य ए डिभिजन टोलीको भेट भने सेमिफाइनलमा हुने सम्भावना छ ।

आयोजक सहारा क्लब पोखराले बिहीबार खेल तालिका सार्वजनिक गर्दा आर्मी र संकटाबीचको क्वार्टरफाइनल पुस १८ गतेका लागि तय भएको छ । पोखरा रंगशालामा पुस १४ गते हुने उद्घाटन खेलमा भने आयोजक सहारा र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलको विजेताले पुस १६ गते साविक विजेता नेपाल एपिएफ क्लबको सामना गर्नेछ । एपिएफसँगै साविक उपविजेता मनाङ मस्र्याङ्दी क्लब, आर्मी, संकटा र सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र एफसीले सोझै क्वार्टरफाइनलमा स्थान पाएका छन् ।

अन्य ए डिभिजन क्लब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच भने पुस १५ गते पहिलो चरणमा प्रतिस्पर्धा हुनेछ । त्यो खेलको विजेताले पुस १७ गते मछिन्द्रको सामना गर्नेछ । मनाङले दोस्रो चरणमा सोझै प्रवेश पाएको अर्को टोली भुटनिज युथ एससी युएसएको सामना गर्नेछ ।

१० टोलीको सहभागिता रहेको आहा राराको फाइनल पुस २३ गते हुनेछ । यसअघि पुस १२ देखि २३ गते सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त गरेकोमा १३ गतेको मैत्रीपूर्ण खेलका कारण २ दिन पछि सरेको यसअघि नै सहाराले जानकारी गराइसकेको छ ।

यसपटक विजेताले १२ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो ।

बचत रकम क्लबबाट सहाराले आफै सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी खर्च गर्नेछ । हाल तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित छन् । यस्तै, सहारा क्लब हङकङले ३ लाख सहयोग उपलब्ध गराउने बताइएको छ । प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ ।

सहउपप्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी, अफिसियल बैंक लुम्बिनी विकास बैंक, अनलाइन टिकेटिंङ पार्टन माई पे, अफिसियल स्पोट्र्स वयर एक्स टेप, एयरसन ईन्टरन्यासनल् प्रालि इन्टरनेट पार्टनर, पब्लिक फोरके टेलिभिजन प्रत्यक्ष प्रसारण, अफिसियल एयर लाइन्स बुद्ध एयर रहेका छन् ।

सर्बोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार प्रायोजक सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङ, अफिसियल इन्सुरेन्स पार्टनर प्रभु इन्सुरेन्स प्रालि, अफिसियल मल्टिप्लेक्स पार्टनर सिनेप्लेक्स, पोखरा फेयर प्ले पुरस्कार प्रायोजक रुपाकोट ज्योति सुनचाँदी पसल महेन्द्रपुल, मुग्लान रेस्टुरेन्ट एण्ड बार, एलजी टिभी, गोर्खाली अफ्सेट प्रेस, परिचय एड्भरटाइजिङ र जीएमसी मेडिकल कलेज, नयाँबजार रहेका छन् ।

सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ र क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघ, सहारा क्लब युकmे हङकङ र अष्ट्रेलिया समेतको विशेष सहयोग छ । पोखरा महानगरपालिका प्रतियोगिताको प्रवद्र्धक रहेको छ ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.