default_image

8 years ago

December 28, 2016

प्रिमियर लिगमा लिभरपुल पुनः दोस्रो स्थानमा

54 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– स्टोक सिटीलाई मंगलबार राती ४–१ ले हराउँदै लिभरपुल  प्रिमियर लिगमा पुनःदोस्रो स्थानमा उक्लेको छ । १८ खेलको समाप्तीमा शीर्षस्थानको चेल्सी र लिभरपुलबीच ६ अंकको दुरी रहेको छ । चेल्सीको ४६, लिभरपुलको ४० र तस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३९ अंक छ ।

liverpool

घरेलु मैदानमा १–० ले पछि परेको खेललाई लिभरपुलले उल्टाएको थियो । जोनाथन वाल्टेर्सले १२ औं मिनेटमा स्टोकका लागि गोल गरे भने ३५ औं मिनेटमा एडम लालानाले कठिन मोडबाट बराबरी गोल फर्काए ।

मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा रोर्बेटो फेर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डिभक ओरिजीको क्रस रोक्ने क्रममा गेनिली इम्बुलाले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलको गोलअन्तर बढेको थियो । ७० औं मिनेटमा डानियल स्टुरिजले गोल गरेपछि लिभरपुलको जित थप सहज बनेको थियो ।

September 22, 2024

बायर्नको अपराजित यात्रा कायमै

एजेन्सी – जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले अपराजित यात्रा कायम राखेको छ । सिजनमा लगातार चौथो जित निकाल्ने क्रममा बायर्नले शनिवार विडर ब्रेमेनलाई ५-० ले पराजित गर्यो । ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जिताउन माइकल ओलिसीले २ तथा सर्ज नेर्भी, ह्यारी केन र जमाल मुसियालाले समान १ गोल गरे । ओलिसीले २३औं मिनेटमा गोल गर्दै […]

September 22, 2024

पिएसजी र रेम्सले बराबरी खेले

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेम्ससँग बराबरी खेलेको छ । रेइम्सको मैदानमा आइतवार भएको खेलमा १-१ को बराबरीमा टुंगिएको हो। पिएसजीका लागि औसमाने डेम्बेले बराबरी गोल फर्काएका हुन्। केइटो नाकामुराको गोलमा रेम्सले नवौं मिनेटमा अग्रता बनाएको थियो । ६८औं मिनेटमा डेम्बेलेले बराबरी गोल गरे । बराबरीपछि पनि पिएसजी ५ खेलबाट १३ […]

September 22, 2024

रियलको सहज जित

एजेन्सी – रियाल म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलविरुद्ध सहज जित निकालेको छ । आइतवार बिहान भएको खेलमा रियल ४-१ ले विजयी भयो । छैटौं खेलमा रियलको‌ यो चौथो जित हो। घरेलु मैदानमा शान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले गोल गरे । स्पान्योललाई रियलले १ गोल उपहार स्वरुप दियो […]

Success

Thank you for your time.