2 years ago
December 22, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय गरेको मितिमा यो वर्षको सहिद स्मारक ए डिभिजन लिग नहुने निश्चित भएको छ । ए डिभिजन क्लबहरुसँगको छलफल पछि पुस २६ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने यसअघि एन्फाले निर्णय गरेको थियो ।
तर, एन्फाले आफैले दिएको समय सिमा भित्र गत वर्षको बाँकी र यो वर्षको तयारी खर्चको ५० प्रतिशत रकम उपलब्ध गराउन नसकेपछि ए डिभिजन लिग पूर्व निर्धारित समयमा सुरु नहुने पक्का भएको हो । विहीबार एन्फाले तयारी खर्च दिने र क्लबहरुले पनि दर्ता गर्ने भनिएपनि एन्फाले रकम उपलब्ध गराउन सकेन ।
ए डिभिजनका ९ क्लबका प्रतिनिधि र एन्फा पदाधिकारीबीच बिहीबार भएको छलफलमा पुस १४ गते पुनः छलफल गरि लिगका बारेमा पुनः निर्णय लिने एन्फा महासचिव किरण राईले बताए ।
‘एन्फासँगका असहमति क्लबका प्रतिनिधिले राख्नु भएको छ । फेरि पुस १४ गते छलफल गरेर लिगका बारेमा टुंगो लगाउने सहमति भएको छ,’एन्फा प्रवक्ता सुरेश शाहले भने,‘ पूर्वानिर्धारित पुस २६ गतेबाट भने ए डिभिजन लिग हुने छैन ।’
असार ६ गते नयाँ नेतृत्व चयन भएसँगै ए डिभिजन लिग सञ्चालनको दबाब परेको छ । यद्दपी एन्फा त्यसमा सफल भएको छैन ।
एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमात तुलाधरले एन्फानै लिगका लागि तयार नभएको आरोप लगाएका छन् । ‘एन्फा आफै लिगको लागि तयार छैन,’ संकटा क्लबका अध्यक्ष समेत रहेका तुलाधरले भने,‘ लिग सञ्चालनका लागि स्पष्ट खाका नै एन्फासँग छैन । यस्तोमा कसरी लिग हुन्छ ।’
अर्को ए डिभिजन टोली हिमालयन शेर्पाका अध्यक्ष समेत रहेका एन्फाका पूर्व अध्यक्ष शेर्पाले भने,‘ अहिले सम्म लिगको मुख्य प्रायोजक टुंगो लागेको छैन । लिग कहाँ कहाँ हुने तय छैन । यसरी हचुवामा लिग हुन्छ ? एन्फा नै लिग आयोजनाका लागि तयार देखिदैन । आयोजना गर्ने रकम स्रोत त हुनुपर्यो नि ।’
केहि दिन अघि मात्र नेपाल सुपर लिग (एनएसएल) का लागि भने एन्फाले ८ वर्षको सम्झौता गरेको विषयमा पनि छलफलमा क्लब प्रतिनिधिले एन्फा नेतृत्वसँग स्पष्टिकरण मागेका थिए । एन्फाका महासचिवले भने फुटबल विकासका लागि दीर्घकालिन र विगतमा भन्दा पारदर्शी सम्झौता भएको दाबी गरेका थिए ।
एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) प्रालि सँग नयाँ सम्झौता थियो । जस अनुसार ८ वर्षका लागि एनएसइएमले एन्फालाई १७ करोड २१ लाख रुपैयाँमा उपलब्ध गराउने सम्झौता भएको बताइएको थियो । यद्दपी यो वर्ष एनएसएल भने हुने एन्फा क्यालेन्डरमा छैन ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]