2 years ago
December 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) प्रालि सँग नयाँ सम्झौता गरेको छ ।
मंगलबार एन्फा र एनएसइएमले संयुक्त विज्ञप्ति जारी गर्दै आठ वर्षका लागि १७ करोड २१ लाख रुपैयाँमा सम्झौता भएको जानकारी दिएको छ । एनएसइएमकी अध्यक्ष आश्रयता कार्की चौधरीले पहिलो सिजनका लागि दिनुपर्ने १ करोड ५० लाख रुपैयाँको चेक पनि एन्फालाई हस्ताक्षर कार्यक्रममै हस्तान्तरण गरेको जानकारी दिइएको छ । हस्ताक्षर कार्यक्रममा एनएसइएमकी अध्यक्ष कार्की, प्रबन्ध निर्देशक श्रेयान्स कार्की र प्रमुख कार्यकरी अधिकृत सुदीप शर्मा तथा एन्फाबाट महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, सदस्य पुरुषोत्तम थापा, सरिला श्रेष्ठ लगायत उपस्थित थिए ।
यसअघि नयाँ कार्यसमितिको आगमनसँगै दुई पक्षबीच सहमति हुन नसक्दा एनएसएल स्थगित भएको थियो । एन्फाले पुष २६ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने बताएसँगै यस वर्ष भने एनएसएल हुने सम्भावना छैन । एन्फा प्रवक्ताका अनुसार एन्फाले ए डिभिजन लिगलाई प्राथमिकतामा राख्दै एनएसएलसँग सम्झौता गरेको हो ।
‘एन्फाको अहिलेको ध्यान ए डिभिजन लिगमा नै छ । ए डिभिजन क्लबसँग पुष ७ गते छलफल गर्दैछौं । त्यसपछि लिग संचालन तालिकाअनुसार हुने भएकाले एनएसएल यो वर्ष सम्भव छैन । हामीले अर्को वर्षका लागि राम्रो तयारी होस् भनेर अहिले सम्झौता गरेका हौं,’ प्रवक्ता शाहले भने ।
एनएसएलले पछिल्लो पटक एन्फा र क्लबबीच राम्रो समन्वय हुन नसकेको कारण देखाउँदै लिग स्थगित गरेको थियो । प्रवक्ता शाहका अनुसार यसपटक भने एनएसएलसँगको सम्झौता विगतको भन्दा पारदर्शी र फुटबलको हितमा छ ।
‘पुरानो सम्झौता केहि अपारदर्शी थियो । यसपटक हामीले धेरै बुँदालाई परिमार्जन गरेका छौं । क्लब र एन्फाको हितमा नै सम्झौता गरेका छौं । सम्झौता अनुसार कार्यान्वयन गरेर फुटबललाई नै फाइदा हुनेछ,’ शाहले थपे ।
यस वर्ष लिगको कारण एनएसएलका लागि समय नभएकाले अर्को वर्षका लागि मात्र मिति दिइएको शाहले बताए । ‘अर्को वर्ष भदौ देखि कार्तिकको बिचमा दुई महिना समय दिइएको छ । यकिन मिति अहिले तोकिएको छैन । असार ताका दुई महिना वर्षाका कारण सम्भव हुँदैन । अब लिग सम्पन्न भएपछि वहाँहरुले आफूलाई आवश्यक तयारी गर्ने समय पनि पाउनुहुन्छ,’ उनले भने ।
एनएसएलको पहिलो सिजन काठमाडौं रेजर्सले जितेको थियो । पहिलो संस्करणमा सहभागी ७ टोलीमा एनएसइएमले ३ टोली थप्दै दोस्रो संस्करणका लागि १० टोलीको घोषणा गरिसकेको छ । दोस्रो संस्करणका लागि खेलाडी अक्सन समेत समापन भइसकेको अवस्थामा क्लब, एन्फा र एनएसइएम बीच त्रिपक्षीय समन्वय हुन नसक्दा लिग स्थगित हुन पुगेको थियो ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]