default_image

2 years ago

December 19, 2022

मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

345 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् ।

कप्तान मेस्सीले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।

फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए ।

तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । उक्त खेलमा मेस्सीको पेनाल्टी गोलरक्षक वोज्सिएक सेचेज्नीले बचाएका थिए । नकआउट चरणको सबै खेलमा मेस्सीले गोल गरे । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिए । फाइनलमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई उपाधितर्फ डोर्याएका थिए ।

प्रतियोगितामा फ्रान्सका किलीयन एमबाप्पेले सिल्भर बल प्राप्त गरे। उनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि हासिल गरेका थिए । क्रोएसियाका लुका मोड्रीचले ब्रोन्ज बल हात पारे । प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई क्रमश: गोल्डेन, सिल्भर र ब्रोन्ज बल प्रदान गरिँदै आएको छ । संयोगवश उत्कृष्ट तीन खेलाडी प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्न सफल टोलीका जर्सी नम्बर १० रहे ।

यो पनि :

एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

अर्जेन्टिनी गोलरक्षक मार्टिनेजलाई गोल्डेन ग्लोभ अवार्ड

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.