default_image

2 years ago

December 18, 2022

अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि

239 views

0 Bookmark

एजेन्सी – साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।

अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुन बराबर गरे ।

पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोलमा परिणत गरे । किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।

खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र अ‍ोस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान ह्युगो लोरिसलाई गलत दिशामा पठाउँदै अर्जेन्टिनालाई अघि बढाए ।

३६ अ‍ौं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन् ।

८० अ‍ौं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ‌। एमबाप्पेको पेनाल्टी प्रहारमा गोलरक्षक एमिलियानो मार्टिनेजले हात लगाएपनि बल पोस्टभित्र छिरेको थियो ‌।

एमबाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए । कोलो मुअ‍ानीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको हाफ भलीमा मार्टिनेजले हात लगाएपनि पोस्टभन्दा बाहिर पठाउन‌ सकेनन् ।

अतिरिक्त समयको १ सय ९ अ‍ौं मिनेटमा मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाए । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाएपनि रिबाउन्डमा मेस्सीले गोल गरे । मेस्सीको प्रहार जुल्स कुन्डेले क्लियर गरेपनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए ।

अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुन: बराबरी गोल फर्कायो । किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र गोन्जालो मोन्टिएलले ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एमबाप्पेले गोलरक्षक मार्टिनेजलाई विपरित दिशामा पठाउँदै खेल बराबर गरे ।

September 21, 2024

लिभरपुलको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बर्नमाउथमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिजनको चौथो जित निकाल्ने क्रममा लिभरपुलले शनिवार बर्नमाउथलाई ३-० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलका लागि २६औँ मिनेटमा डियाजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका […]

September 21, 2024

वेस्ट ह्याममाथि चेल्सीको जित

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

Success

Thank you for your time.