default_image

2 years ago

December 18, 2022

विश्वकप फाइनल अतिरिक्त समयमा लम्बियो

160 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिने भएको हो ।

अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र अ‍ोस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान ह्युगो लोरिसलाई गलत दिशामा पठाउँदै अर्जेन्टिनालाई अघि बढाए ।

३६ अ‍ौं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन् ।

८० अ‍ौं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ‌। एमबाप्पेको पेनाल्टी प्रहारमा गोलरक्षक एमिलियानो मार्टिनेजले हात लगाएपनि बल पोस्टभित्र छिरेको थियो ‌।

एमबाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए । कोलो मुअ‍ानीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको हाफ भलीमा मार्टिनेजले हात लगाएपनि पोस्टभन्दा बाहिर पठाउन‌ सकेनन् ।

September 18, 2024

झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो

सुमन अधिकारी, बुटवल साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा गोर्खा ब्याईज क्लबले भूपूसैनिक युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । गोर्खा ब्वाइज क्लबले खेल […]

September 18, 2024

कुर्दान र बुढानिलकण्ठ एफएको जित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगिताको पहिलो बुधवार कुर्दान फुटबल एकेडेमी र बुढानिलकण्ठ फुटबल एकेडेमी विजयी भएका छन्। सानो गौचरणमा भएको पहिलो खेलमा कुर्दानले त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समय ३-३ को‌ बराबरीपछि पेनाल्टी सुटआउटमा कुर्दानले बाजी मारेको हो । अर्को खेलमा बुढानिलकण्ठले जेएफए स्पोर्टसलाई‌ २-० […]

September 18, 2024

सुदूरको लगातार छैटौं हार

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।बुधवारको दोस्रो खेलमा सुदूर कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे । कर्णालीका लागि भुमिकाले २४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । […]

Success

Thank you for your time.