default_image

2 years ago

December 18, 2022

फ्रान्सेली कप्तान लोरिस दुर्लभ उपलब्धिको संघारमा

113 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आइतबार हुने फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । खेल नेपाली समय अनुसार रातको ८:४५ बजे लुसेल रंगशालामा हुनेछ ।

फाइनलको सेरोफेरोमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले पहिलो विश्वकप उपाधि जित्ने सम्भावनाबारे सर्वत्र चर्चा छ । तर विपक्षी कप्तान ह्युगो लोरिस पनि दुर्लभ उपलब्धि हासिल गर्ने संघारमा छन् । यतिमात्र होइन, उपाधि नै जिते उनी विश्व फुटबलको इतिहासमा दुई विश्वकप जिताउने एकमात्र कप्तान बन्नेछन् ।

यसअघि तीन कप्तानले लगातार विश्वकप जित्ने अवसर पाएका थिए । तर तीनै पटक उक्त उपलब्धि पूरा भएको छैन । म्याराडोनाले सन् १९८६ र १९९० मा लगातार उपाधि जित्ने अवसर पाएपनि उनी पहिलो अवसरमा मात्र सफल भए । ब्राजिलबाट १९९४ मा डुंगाले उपाधि जित्दा कप्तानी गरेपनि १९९८ मा उनले जित्न सकेनन् । कार्ल हाइन्ज रुमिनेजेले दुवै पटक वेस्ट जर्मनीबाट फाइनल हारेका थिए ।

लोरिसले उपाधि जित्ने वा हार्ने खेलको नतिजामा भर पर्नेछ । तर उनले त्यसबाहेक पनि विश्वकपमा उपलब्धि पूरा गर्दैछन् । उनी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्दैछन् । फाइनलमा लोरिसले विश्वकपमा २० औं खेल खेल्नेछन् र म्यानुएल नोएरलाई उछिन्नेछन् ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.