default_image

2 years ago

December 18, 2022

अर्जेन्टिना र फ्रान्स : फाइनल खेल्नुअघिका तथ्य

165 views

0 Bookmark

एजेन्सी – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ । लुसेल रंगशालामा रातको ८:४५ बजे फाइनल सुरु हुनेछ ।

फ्रान्स र अर्जेन्टिनाले यसअघि विश्वकपमा तीन पटक खेलिसकेका छन् । अर्जेन्टिनाले सन् १९३० र १९७८ मा दुवै समूहका खेल जितेको थियो, तर फ्रान्सले २०१८ मा अन्तिम १६ मा ४–३ ले जित्दै आफ्नो एकमात्र नकआउट भिडन्तमा विजयी भएको थियो ।

अर्जेन्टिनाले आफ्नो छैटौं विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले १९३०, १९९० र २०१४ मा हार बेहोरेको थियो । सन् २०१० मा स्पेनको शैलीमै अर्जेन्टिना उपाधि जित्ने अभियानामा छ । त्यस विश्वकपमा स्पेनले सुरुवाती खेल गुमाउनुका बाबजुद उपाधि जितेको थियो । अर्जेन्टिना पहिलो खेल हारेर उपाधि जित्ने दोस्रो टोली बन्ने संघारमा छ ।

मेस्सी सन् १९३० मा गुइलेर्मो स्टेबिल र १९७८ मा मारियो केम्पेसपछि विश्वकपमा गोल्डेन बुट जित्ने तेस्रो अर्जेन्टिनी खेलाडी बन्न सक्छन् । यस्तै उनी गोल्डेन बल र गोल्डेन बुट जित्ने पहिलो विजयी कप्तान पनि बन्न सक्छन् ।

फ्रान्स सन् १९९८ यता चौथो पटक विश्वकपको फाइनलमा पुगेको छ । यो संख्या यस अवधिमा अन्य राष्ट्रको तुलनामा दोब्बर हो । लगातार दुई संस्करणको फाइनलमा पुग्ने टोलीमा थपिएको फ्रान्सलाई लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनैपनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । यसपल्ट फ्रान्सलाई त्यो अवसर छ ।

सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुईपटक विश्वकपको उपाधि जित्दै इतिहास बनाएको थियो । २०१८ मा विश्वकप फुटबलको उपाधि जितेको फ्रान्स पनि लगातार दुईपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ ।

यसअघि सन् १९३४ र १९३८ मा इटाली, १९५८ र १९६२ मा ब्राजिल, १९७४ र १९७८ मा नेदरल्यान्ड्स, १९८६ र १९९० मा अर्जेन्टिनाले लगातार दुईपटक फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै १९८२, १९८६ र १९९० मा जर्मनीले तथा १९९४, १९९८ र २००२ मा ब्राजिलले लगातार तीनपटक फाइनल खेलेको छ ।

यो पनि :

फ्रान्सेली कप्तान लोरिस दुर्लभ उपलब्धिको संघारमा

मेस्सीको पहिलो विश्वकप या एमबाप्पेको लगातार पकड ?

विश्वकप फाइनल : युरोपविरुद्ध हावी दक्षिण अमेरिका

‘मेस्सीको जित चाहने धेरै छन्’ – फ्रान्सका प्रशिक्षक डेस्च्याम्प्स

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.