2 years ago
December 18, 2022
एजेन्सी – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुँदैछ ।
सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा कप्तानी गरेका डीडीएर डेस्च्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको भूमिकामा टोलीलाई उपाधि दिलाए । उनी अब लगातार दुई पटक उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने सुरमा छन् । डेस्च्याम्प्सले फाइनलअघि धेरैको चाहना अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले विश्वकप जितोस् भन्ने चाहने धेरै रहेको पनि बुझेका छन् ।
‘मलाई थाहा छ अर्जेन्टिना मात्र होइन विश्वभर नै धेरैको चाहना मेस्सीले विश्वकप जितुन् भन्ने छ । हुनसक्छ यसमा फ्रान्सकै केही पनि छन् । तर हामी आफ्नो लक्ष्य पूरा गर्न आएका हौं र त्यसमा ध्यान दिइरहेका छौं ।’
‘म आफू एक्लो महसुस पनि गरिरहेको छु । तर त्यसले केहि फरक पर्दैन । मलाई खेलबारे कुनै चिन्ता छैन । महत्त्वपूर्ण खेलको तयारी गर्दा ध्यान केन्द्रित गर्न जरुरि छ । म त्यसमा ध्यान दिइरहेको छु ।’
फ्रान्समा केहि खेलाडी बिरामी परेपछि टोली समस्यामा थियो । सेमिफाइनलमा दुई खेलाडी गुमाएको फ्रान्सका लागि त्यसयता ५ खेलाडीले प्रशिक्षण गुमाएका थिए । तर शनिबार सबै प्रशिक्षणमा सहभागी भएको डेस्च्याम्प्सले जानकारी दिए ।
फाइनलअघि फ्रान्सका फरवार्ड करीम बेन्जेमा टोलीमा फर्कने चर्चा चलेको थियो । टोली कतार आएपछि चोट बोकेर फर्केका उनको नाम भने अझैपनि टोलीमा छ । तर प्रशिक्षक डेस्च्याम्प्सले उनी फर्कने कुनै सम्भावना नरहेको बताए ।
‘मलाई यस्तो कुरा मन पर्दैन । पहिलो खेलमा लुकास घाइते भएपछि नै मैले टोलीमा २४ खेलाडी छन् भनेर बुझेको छु । घाइते खेलाडीबारे बारम्बार कुरा गर्नु राम्रो होइन । अब खेल हेर्न को आउँछ भन्ने मेरो नियन्त्रणमा रहेन । मेरो लागि फाइनल खेल्न २४ खेलाडी उपलब्ध छन् भन्नेमा प्रष्ट छु,’ डेस्च्याम्प्सले टुंग्याए ।
September 18, 2024
सुमन अधिकारी, बुटवल साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा गोर्खा ब्याईज क्लबले भूपूसैनिक युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । गोर्खा ब्वाइज क्लबले खेल […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगिताको पहिलो बुधवार कुर्दान फुटबल एकेडेमी र बुढानिलकण्ठ फुटबल एकेडेमी विजयी भएका छन्। सानो गौचरणमा भएको पहिलो खेलमा कुर्दानले त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समय ३-३ को बराबरीपछि पेनाल्टी सुटआउटमा कुर्दानले बाजी मारेको हो । अर्को खेलमा बुढानिलकण्ठले जेएफए स्पोर्टसलाई २-० […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।बुधवारको दोस्रो खेलमा सुदूर कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे । कर्णालीका लागि भुमिकाले २४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । […]