default_image

2 years ago

December 18, 2022

क्रिकेट र फुटबल दुवै विश्वकप खेल्ने खेलाडी

303 views

0 Bookmark

एजेन्सी – कुनैपनि खेलकुदको लागि विश्वकप सबैभन्दा ठूलो प्रतियोगिता हो । विश्वकप खेल्ने जो कोही खेलाडीको सपना हुन्छ । तर कमै खेलाडीको मात्रै यो सपना पूरा हुन्छ । खेलाडीमा अद्भुत क्षमता हुन्छ । विश्व खेलकुदमा एकभन्दा धेरै खेलहरु आफ्नो देशबाट खेल्ने थुप्रै खेलाडी छन् ।

विश्व खेलकुदमा सबैभन्दा चर्चित दुई खेल फुटबल र क्रिकेट दुवैको विश्वकप खेल्ने एकमात्र खेलाडी छिन् । ती हुन् अष्ट्रेलिया अलराउन्डर एलिस पेरी । महिला क्रिकेट टोलीकी एक उत्कृष्ट अलराउन्डर पेरी प्रदर्शनसँगै उनको सुन्दरताको कारण विश्व क्रिकेटमा चर्चित छिन् ।

पेरीले अष्ट्रेलियाबाट फुटबल र क्रिकेट दुवैको विश्वकप खेलेकी छिन् । सन् १९९० नोभेम्बर ३ मा पेरी अष्ट्रेलियाको सिड्नीमा जन्मिएकी हुन् । १६ वर्षको उमेरमा उनले अष्ट्रेलिया फुटबल टोलीबाट हङकङविरुद्ध २००७ अगष्ट ४ मा डेब्यू गरेकी थिइन् । क्रिकेट टोलीमा डेब्यू गरेको दुई हप्तापछि उनले फुटबलमा डेब्यू गरिन् । त्यसअघि पेरीले जुलाई २२ मा न्युजिल्यान्डविरुद्ध महिला ओडिआईमा डेब्यू गरिसकेकी थिइन् ।

सानैदेखि उनी फुटबल र क्रिकेट दुवै खेल्ने गर्थिन् । डेब्यू म्याचको उनले हङकङविरुद्ध दुई मिनेटमै गोल समेत गरेकी थिइन् । २००८ मा पेरीले एएफसी वुमन्स एसिया कपमा दक्षिण कोरियाविरुद्ध ३० औं मिनेटमा गोल गरेकी थिइन् । २०११ मा जमर्नीमा भएको फिफा महिला विश्वकपमा पेरी टोलीमा थिइन् । नर्वेविरुद्ध उनी बेन्चमा थिइन् ।

स्वीडेनविरुद्ध क्वाटरफाइनलमा टोलीको सुरुवाती-११ मा भएपनि अष्ट्रेलिया ३–१ गोल अन्तरले पराजित हुँदै बाहिरिएको थियो । त्यसअघि पेरीले क्रिकेटमा २००९ र २०१० मा महिला टि२० विश्वकप खेलेकी थिइन् । २०१० मा अष्ट्रेलियाले उपाधि नै जितेको थियो । पेरीले २०१५ डिसेम्बरमा अन्तिम फुटबल खेल खेलेकी थिइन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा तीन गोल गरेकी छिन् ।

अष्ट्रेलियाले २०१०, २०१२, २०१४, २०१८ र २०२० मा टि२० विश्वकप जित्दा पेरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी थिइन् । २०१६ मा भने अष्ट्रेलिया उपविजेता बनेको थियो । २००९ देखि २०२२ सम्म लगातार महिला एकदिवसीय विश्वकप खेल्दै आएकी छिन् । अष्ट्रेलिया २०२२ र २०१३ को च्याम्पियन टोली समेत हो ।

पेरीले हालसम्म अष्ट्रेलियाबाट १० महिला टेस्ट, १ सय २८ महिला ओडिआई र १ सय २९ महिला टि२० आई खेल खेलेकी छिन् । टेस्टमा २ सय १३ रन उनको उत्कृष्ट प्रदर्शन हो । ओडिआईमा २ शतक र २९ अर्धशतकसहित ३ हजार ३ सय ६९ रन बनाउनुको साथै १ सय ६१ विकेट लिएकी छिन् । टि२० आईमा १३ सय २८ रन बनाउनुको साथै १ सय १७ विकेट लिएकी छिन् ।

पुरुषतर्फ भने वेस्टइन्डिजका पूर्व अलराउन्डर सर भिभियन रिचर्ड्सले क्रिकेट विश्वकप र फुटबलको विश्वकप छनोट खेलेका छन् । रिचर्ड्स विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डर हुन् । उनले वेस्टइन्डिजबाट सन् १९७४ देखि १९९१ सम्म क्रिकेट खेल्दै विश्व क्रिकेटमा सानदार प्रदर्शन गरेका थिए । उनी त्यो समय विष्फोटक ब्याटिङ गर्ने विरलै ब्याटर मध्यका एक थिए ।

वेस्टइन्डिजले सन् १९७५ र १९७९ मा एकदिवसीय विश्वकप उपाधि जित्दा रिचर्ड्सको प्रदर्शन सानदार थियो । रिचर्डसले १९७४ मा एन्टिगुवा र बर्बुडाबाट फुटबल विश्वकपको छनोट खेल खेलेका थिए ।

रिचर्ड्सले वेस्टइन्डिजबाट १ सय २१ टेस्ट खेलमा २५ शतक र ४५ अर्धशतकसहित ८ हजार ५ सय ४० रन बनाएका छन् । १ सय ८७ ओडिआई खेलमा ११ शतक र ४५ अर्धशतकसहित ६ हजार ७ सय २१ रन बनाएका छन् । टेस्टमा ३२ र १ सय १८ विकेट लिएका छन् ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.