default_image

2 years ago

December 17, 2022

फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी

172 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । तर खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् ।

यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीलाई पुन: एकपटक फाइनलको यात्रा तय गराएका छन् । पछिल्लो पटक उपाधि जित्दा मुख्य भूमिका निर्वाह गरेका एनगोलो कान्टे र पल पोग्बा यसपटक प्रारम्भिक टोलीमा नपर्दै घाइते भए ।

क्लब फुटबलमा उच्च प्रदर्शन गरिरहेका वेस्ली फोफाना, प्रेस्नेल किम्पेम्बे, माइक माइग्नन र क्रिस्टोफर एनकुन्कु पनि चोट लागेपछि विश्वकपबाट बाहिरीए । कतार आएपछि फरवार्ड करीम बेन्जेमाले चोट बोकेपछि फ्रान्सको विश्वकप उपाधि रक्षा गर्ने सम्भावना कमैले देखेका थिए । तर टोली लगातार जित हासिल गर्दै अघि बढ्यो ।

फ्रान्स अघि बढ्दै गर्दा चोटले पूर्ण रुपमा छोडेन । क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएपछि टोलीमा स्वास्थ्य समस्या देखियो । सामान्य भाइरसले आक्रमण भनिएको रोगले सेमिफाइनलमा दुई खेलाडी अनुपस्थित रहे । मिडफिल्डर एड्रिएन राबीओट र डिफेन्डर डायोट उपामेकानो सुरुवाती रोजाइमा खेलिरहेका थिए । तर सेमिफाइनलमा उनीहरु उपस्थित थिएनन् ।

सामान्य रुघा खोकी भनिएको यस भाइरसले खेलाडीलाई कतिसम्म असर गर्छ फ्रान्सले खुलाएको छैन । तर सेमिफाइनल गुमाएका दुई खेलाडी प्रशिक्षणमा फर्कनुले टोलीलाई सुखद सम्भावना भने देखाएको छ ।

विहीबारको प्रशिक्षणमा विंगर किंग्सले कोमानलाई पनि उक्त भाइरसले समात्यो । शुक्रबार प्रशिक्षणमा टोलीका दुई मुख्य डिफेन्डर राफाएल भारान र इब्राहिमा कोनाटे पनि अनुपस्थित रहे । फ्रान्सले यी सबै खेलाडीलाई रोगले समातेको जनाएको छ ।

शुक्रबारको प्रशिक्षणमा राबीओट र उपामेकानो ठिक भएर फर्केका छन् । तर लेफ्ट ब्याक थिओ हर्नान्डेज र मिडफिल्डर औरेलिएन चुआमेनी भने सामान्य चोटका कारण विश्राममा थिए । शनिबार उनीहरु प्रशिक्षणमा फर्कने सम्भावना छ ।

हालसम्म फ्रान्सले कुनैपनि खेलाडी फाइनलमा अनुपस्थित हुने पक्का गरेको छैन । भारान र कोनाटेको अवस्थालाई लिएर सर्वत्र चासो छ । सेमिफाइनलमा सेन्टर डिफेन्स सम्हालेका यी दुई खेलाडीको अनुपस्थितिले फ्रान्सलाई फाइनलमा निकै कठिन हुनेछ ।

September 18, 2024

झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो

सुमन अधिकारी, बुटवल साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा गोर्खा ब्याईज क्लबले भूपूसैनिक युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । गोर्खा ब्वाइज क्लबले खेल […]

September 18, 2024

कुर्दान र बुढानिलकण्ठ एफएको जित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगिताको पहिलो बुधवार कुर्दान फुटबल एकेडेमी र बुढानिलकण्ठ फुटबल एकेडेमी विजयी भएका छन्। सानो गौचरणमा भएको पहिलो खेलमा कुर्दानले त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समय ३-३ को‌ बराबरीपछि पेनाल्टी सुटआउटमा कुर्दानले बाजी मारेको हो । अर्को खेलमा बुढानिलकण्ठले जेएफए स्पोर्टसलाई‌ २-० […]

September 18, 2024

सुदूरको लगातार छैटौं हार

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।बुधवारको दोस्रो खेलमा सुदूर कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे । कर्णालीका लागि भुमिकाले २४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । […]

Success

Thank you for your time.