default_image

2 years ago

December 15, 2022

सावित्रा, एन्जिला र गिता आई लिग खेल्न भारततर्फ

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी सम्बा र गिता राना भारतीय (आई) लिग खेल्ने बिहीबार राती त्यसतर्फ प्रस्थान गरेका छन् ।

सावित्राले गोकुलम केरेला एफसी तथा एन्जिला र गिता सेथु एफसीबाट अर्को महिना सुरु हुने आइ लिग खेल्नेछन् । आइ लिग माघ १ गते देखि फागुन ३ गते सम्म भारतको केरेलामा हुनेछ । सावित्राका अनुसार गोकुलमको केरेलामा नै प्रशिक्षण शिविर राखिएको छ । एन्जिलाले सेथेको तयारी गोवामा हुने जानकारी दिइन् ।

गोकुलममा सावित्राको यो दोस्रो सिजन हो । दुई वर्ष अघि गोलकुलम आई लिग च्याम्पियन बन्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्यसअघि उनी आबद्ध सेथु पनि आई लिग च्याम्पिय बनेको थियो । एन्जिला र गिता भने पहिलो पटक भारतीय क्लबमा आबद्ध भएका हुन् ।

एन्जिलाको कप्तानीमा नेपाली महिला टोली दशरथ रंगशालामा भदौंमा भएको एफसी साफ च्याम्पियनसिपको फाइनल पुगेको थियो । सावित्रा र गिता टोलीका महत्वपूर्ण सदस्य थिए । तीनै जना एपिएफका खेलाडी हुन् ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.