2 years ago
December 15, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । थिओ हर्नान्डेजको गोलमा फ्रान्स १-० ले अघि छ ।
खेलको सुरुवाती समयमा नै फ्रान्सले अग्रता लिएको थियो । मोरक्कोले खेलअघि मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको थियो भने २० मिनेट नबित्दै कप्तान रोमन साइसको साथ पनि निरन्तर पाउन सकेन । दुवै डिफेन्डर चोटका कारण बाहिरिनु परेको थियो । पछि परेको मोरक्कोले लगातार आक्रमण बुन्दा फ्रान्सले पनि केहि अवसर पाएको थियो ।
खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सुन्दर गोलमा परिणत गरे । गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा गोल गरेका थिए ।
१७ औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिंदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५ औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् ।
पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोलाई खेल बराबरी गर्न पोस्टले छेक्यो । एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्केको थियो ।
यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ ।
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]